OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २७, २०७७
४२० पटक

२७ असोज २०७७ मंगलबार

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा १२३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमण हुनेहरुमा सुर्खेतका १०७, कालिकोटका छ, जुम्लाका पाँच, दैलेखका तीन, हुम्लाका दुई र अन्य प्रदेशका आठ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो ।“ आज १३१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरुको कुल संख्या चार हजार ६५१ पुगेको छ,” उहाँले भन्नुभयो, “पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”

हाँका अनुसार आज ७९ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ५३१ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा ९६१ जना सक्रिय संक्रमित रहेको उहाँले बताउनुभयो । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्