OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आश्विन १८, २०७७सुर्खेत
४२३ पटक

१७ असोज २०७७, आईतबार

दैनिकरुपमा कोरोना संक्रमतिहरु बढ्ने क्रमसँगै आईतबार पनि कर्णालीमा ६१ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने भन्दा यसबाट मुक्त हुनेको संख्या निकै कम काम मात्रामा छ । जस अनुरुप आईतबार २० जना मात्र कोरोना संक्रमणमुक्त भएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन व्यक्ति गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“६१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या तीन हजार ८४१ पुगेको छ,” स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “तीन हजार ११० व्यक्ति भने संक्रमणमुक्त भएका छन् । ” संक्रमितहरुमा सुर्खेतका ५२, दैलेखका छ, कालीकोट, जाजरकोट र रुकुमपश्चिमका एक÷एक व्यक्ति रहेको उहाँले बताउनुभयो ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसीसी बैंकका चार, विद्यार्थी दुई, आँखा अस्पताल, नेपाल टेलिकम, व्यापारी र मजदुर एक÷एक जना व्यक्ति रहेका छन् । दैलेखमा तीन जना नागरिकमा संक्रमण देखिएको उहाँले जनाउनुभएको छ । आजभोलि कोरोना संक्रमण कर्णालीमा झनै बढ्न थालेको नागरिक सबैलाई सावधानी अपनाउन र सरकारले गरेका निर्देशनहरुको पूर्ण पालना गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्