OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १५, २०७७काठमाडौं
८२७ पटक

काठमाडौं, भदौ १५ गते । भारतका पूर्ब राष्ट्रपति प्रणव मुखर्जिको निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जिले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै बुवाको निधनको सूचना सार्वजनिक गर्नुभएको छ । उहाँ पछिल्लो तीन सातादेखि उपचारको क्रममा अस्पतालमा भर्ना हुनुभएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्ब राष्ट्रपति मुखर्जिको भारतको राजधानी नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्ह देहान्त भएको हो । ८४ वर्षीय मुखर्जि आफ्नो राजाजी मार्गस्थित निवासमा लड्न पुग्नुभएको थियो । मस्तिष्कमा रगत जमेपछि ८४ वर्षीय मुखर्जिको मस्तिष्कको शल्यक्रिया गर्नुपरेको थियो । साउन २७ गते उहाँको मस्तिष्टकको शल्यक्रिया गरिएको थियो । त्यसयता उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएको थियो । तर सोमबार बिहान अचानक उहाँको स्वास्थ्य अवस्था गम्भिर हुन पुगेको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको थियो ।

बंगालको एक दुगर्म गाउँमा जन्मिनुभएका प्रणव मुखर्जि पाँच दशकसम्म भारतको राजनीतिमा सक्रिय रहनुभयो । उहाँ भारतमा एक आदरणीय र कुशल नेताको रुपमा ब्यक्तित्व निर्माण गर्नुभएको थियो । उहाँ राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि एक शिक्षक र पत्रकारको रुपमा कार्यरत हुनुहुन्थ्यो । सन् १९६९ मा उहाँ पहिलोपटक राज्यसभामा प्रवेश गर्नुभएको थियो । राज्यसभामा उहाँ पाँच पटक निर्वाचित हुनुभयो ।
सन् २००४ मा उहाँ बंगालको जंगिपुरबाट लोकसभा सिटमा निर्वाचित हुनुभयो । सन् २००९ मा लोकसभाका लागि उहाँ दोस्रो पटक निर्वाचित हुनुभयो ।
सन् १९७२ मा उहाँ पहिलोपटक इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्रीपरिषद्को सदस्यको रुपमा शपथ लिनुभयो । त्यसपछि उहाँ लगातार अर्थ मन्त्री, परराष्ट्र मन्त्री र रक्षा मन्त्रीको जिम्मेवारीमा बस्नुभयो ।
प्रगतिशील गठबन्धनको तर्फबाट सन् २०१२ मा उहाँ राष्ट्रपति पदको उम्मेदवार हुनुभयो । र पाँच वर्षका लागि निर्वाचित हुनुभयो । सन् २०१९ को जनवरी महिनामा मुखर्जि ‘भारत रत्न’ पुरस्कारबाट सम्मानित हुनुभयाो ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्