OnlinePana

आज : २०८३ भाद्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०८३काठमाडौं
१४ पटक

३ भदौ २०८३, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा उर्जा विकासमन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुख जोशीले तीनैजना मन्त्रीहरुलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको थियो ।

तीनै मन्त्रीलाई सत्ता साझेदार दल नेकपा एमालेले सरकारमा पठाएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री मंगलबहादुर शाही आफैले सम्हाल्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्