OnlinePana

आज : २०८३ भाद्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही/पुर्णराज बुढाभाद्र ३, २०८३सुर्खेत
४३ पटक

नेत्र शाही/पुर्णराज बुढा/ सुर्खेत,

भदाै ३ गते । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासकाे मत प्राप्त गर्नु भएकाे छ । शाहीले संविधान २०७२ अनुसार विश्वासकाे मत पाउनु भएकाे हाे ।

कर्णाली प्रदेशसभामा रहेकाे ४० सांसद मध्य नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेकाे समर्थनमा विश्वासकाे मत प्रदान गर्नु भएकाे हाे । सभामा नेपाली कम्युनिष्ट पार्टीका १४ जना, नेकपा एमालेका १० जना सांसद छन् । एमालेका १ जना सभामुख र एक जना उपसभामुख हुनुहुन्छ । सभामा नेकपा एमालेका एक जना बिरामी भएकाे र    नेकपाका सांसद सहित २१ जना सांसदकाे समर्थनमा शाहीलाई विश्वासकाे मत प्राप्त भएकाे छ । बिपक्षमा १३ जना र तथष्ट २ जना सासद रहेका छन् । सभामुख नन्दा कुमारी गुरूङले घाेषणा गर्नु भएकाे नतिजा अनुसार सभामा ३६ जना सांसदले मतदान गरेका छन् ।

नेपाली कांग्रेसले भने बिपक्षमा मतदान गरेकाे छ । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने तथष्ट रहेकाे बताएकाे छ । कांगेस संसदीय दलका नेता जीवन बहादुर शाहीले विपक्षमा मतदान हुने र राप्रपाका सन्ताेषि शाहीले तथष्ट हुने बताउनु भयाे ।
प्रदेशसभामा मुख्यमन्त्री तथा नेकपाका संसदीय दलकाे नेता मंगलबहादुर शाहीले सरकार सञ्चालनमा सवैकाे सहयाेग आवश्यक रहेकाे बताउनुभयाे । नेकपा एमाले संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री यमलाल कँडेलले दलकाे तर्फबाट मुख्यमन्त्री शाहीलाई समर्थन गर्नुभयाे ।

 

 

प्रतिकृया दिनुहोस्