OnlinePana

आज : २०८३ साउन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०८३काठमाडौं
१७ पटक

४ साउन २०८३, सोमबार

सुर्खेतः भिरबाट खसेको ढुंगा लागी घाईते भएका गुर्भाकोट नगरपालिका ११ सुर्खेतका २३ वर्षीय यमबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज दिउसो १ः०० बजे गुर्भाकोट नगरपालिका ११ सुर्खेतको भित्री सडक खण्डमा भित्रीखोलाबाट मेहेलकुनातर्फ आउँदै गरेको भे २ ह १०७६ नं.को अटोमा सवार खत्रीलाई सडक माथि भिरबाट खसेको ढुङ्गाले लागेको थियो । उक्त ढुंगा लागेर पेट र छातीमा चोट लागेका उनलाई उपचारका लागि मेहेलकुना अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि अस्पताल पुर्याईएको खत्रीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको मेहलकुना अस्पतालमा खटिएका प्रहरी सहायक हवल्दार प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अटोचालक गुर्भाकोट नगरपालिका ११ सुर्खेत भित्रीखोला बस्ने ३७ वर्षीय नोखबहादुर खत्री र अटो नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, सुर्खेत प्रहरीले नेपालगञ्ज उपमहानगरपािलका १ बाँके निवासी एक फरार प्रतिवादी पक्राउ गरेको छ । सोही वडाका ३४ वर्षीय राजु भन्ने कमरुदिन अन्सारीलाई आज बाँकेबाट पक्राउ गरिएको हो । लागु औषध (ब्राउन सुगर) मुद्दामा सुर्खेत जिल्ला अदालत सुर्खेतको विसं.२०८० साउन १ गतेको फैसलाले उनलाई एक महिना १५ दिन कैद सजाय सुनाएको थियो ।

यस कार्यालयबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी बरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीसमेतको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा अन्सारीलाई नेपालगञ्ज उपमहानगरपालिका १ बाँके शिव मन्दिरस्थित बाटोमा फेला पारी रितपूर्वक नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्