OnlinePana

आज : २०८३ आषाढ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०८३जुम्ला
५४ पटक

 जुम्ला /असा, १४ हिमा । 

 

शिक्षा कक्षाकोठामा सीमित हैन, सिर्जना, विज्ञान, संस्कृति, प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वसँग जोडेर नयाँ पुस्तालाई भविष्यका लागि तयार पार्ने अभियानकाे आधार तयार भएकाे हिमाकाे दावी छ ।

हिमा गाउँपालिकाको कालिका माध्यमिक विद्यालय, तलिकुडुको प्राङ्गण शुक्रबार बिहान ११ बजेदेखि उत्सवमय बन्याे ।
बाजागाजा, फूलमाला र अविरसहित अतिथिहरूको भव्य स्वागत तलिकुडुमा मात्रै हाेईन, यश अघिकाे तीन पढाइ मेला रूपाकाेट आधारभुत विद्यालय बाजागाडा, कालिका आवि देवारगाउँ र हिमा आधारभुत विद्यालयमा पढाईमेलाले गुन्जयमान बनाएकाे थियाे ।

आशा, भराेषा, प्रश्न र चुनाैतिका विचमा गाउँपालिकाले चाैथाे पटक पढाईमेला सम्पन्न भएकाे छ । सञ्चालन हुने मेलाको पहिलो दिन हिमा गाउँपालिकाभित्रका १९ वटै सामुदायिक विद्यालय, एक आवासीय विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरू गरि झण्डै दुई हजार बढिकाे सहभागिता रहयाे ।

शैक्षिक बाजाका धुन, स्थानीय बाजा, पाेसाकमा सजिएका, शिक्षक विद्यार्थीकाे उत्साहपुर्वक सहभागिता देखिन्थ्याे ।
मेलाको उद्घाटन गर्दै समाजसेवी तथा नेपाली कांग्रेसका नेता दिप बहादुर शाहीले यो मेला हिमाको शैक्षिक इतिहासमा एउटा नयाँ इँटा थप्ने अभियान भएको बताउनुभयाे ।

उहाँले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै हिमा गाउँपालिकाले सञ्चालन गरिरहेको पढाइ मेलाले विद्यार्थीमा आत्मविश्वास, प्रतिस्पर्धा र सिर्जनशीलता विकास गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले वर्षभरिका शैक्षिक गतिविधिको समीक्षा, आत्ममूल्याङ्कन र आगामी कार्यदिशा तय गर्ने साझा मञ्चका रूपमा पनि पढाइ मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउदै कक्षा काेठा भित्र नभई विद्यार्थीका सीप,ज्ञानकाे प्रतिस्पर्धा र प्रदर्शनीकाे थलाे पढाईमेला भएकाे बताउनुभयाे । उहाँले थप्नुभयाे, पढाइ मेलाले हिमाको समग्र शैक्षिक रूपान्तरणमा एउटा इँटा थप्नेछ। विद्यालय, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, विद्यार्थीमा सिर्जनशीलता र उत्कृष्ट बन्ने प्रेरणा जगाउने उद्देश्यले हामीले पढाइ मेलालाई निरन्तरता दिएका हाै ।

अध्यक्ष शाहीले स्थानीय सरकार पूर्वाधार निर्माण गर्ने निकाय नभई नागरिकका वास्तविक समस्याको समाधान गर्ने जिम्मेवार सरकार भएको उल्लेख गर्दै आफूबाट बोली, व्यवहार वा कार्यसम्पादनका क्रममा कुनै कमजोरी भएको भए सार्वजनिक रूपमा क्षमायाचना पनि गर्नुभयाे ।

अध्यक्ष शाहीले आफ्नो निर्वाचन घोषणापत्रअनुसार शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्नुभयाे । हिमा गाउँपालिका जुम्लाकाे पहिलाे साक्षर घाेषणा पालिका पनि हाे ।

हिमा गाउँपालिकाले कुल विकास बजेटको ४३.३७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको छ, विद्यालयबाहिर रहेका शतप्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गरिसकेको दावी गरेकाे छ । हिमाली जिल्लामध्ये एक घर–एक धारा कार्यक्रममार्फत १६६८ घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने पहिलो गाउँपालिका बनेको बताएकाे छ ।

गाउँपालिकाले हाजिरीजवाफ, राष्ट्रपति रनिङशिल्ड, एसईई नतिजा, कक्षा ८ को परीक्षा लगायत विभिन्न क्षेत्रमा हिमाका विद्यालयहरूले प्राप्त गरेका सफलताले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिएको बताउनुभयाे ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य युजा नेता अमरजंग शाहीले पढाइ मेलालाई केवल प्रतियोगिता नभई सामाजिक शैक्षिक जागरणको अभियानका रूपमा लिनुपर्ने धारणा राख्नुभयाे । उहाका अनुसार शिक्षा, संस्कार, संस्कृति र विज्ञानलाई एउटै मञ्चमा जोड्ने यस्तो कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ उन्मुख गराउनेछ। शाहीले गाउँपालिकाले गरेका राम्रा काममा सहयाेग हुने र वेथितिबा विरूद्द आवाज उठाउने बताउनुभयाे ।

हिमा गाउँपालिका उपाध्यक्ष सुर्पुना शाहीले गुणस्तरीय शिक्षा बिना समृद्ध हिमाको परिकल्पना सम्भव नरहेको बताउँदै स्थानीय सरकारले आगामी दिनमा पनि विद्यार्थीमैत्री कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउदै निरन्तर पढाईमेला सहभागी , सहयाेगी निकायलाई धन्यवाद दिनुभयाे ।

हिमाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसालले शिक्षामा गरिएको लगानीलाई नतिजामुखी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउदै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाले गुणस्तर वृद्धि हुदै पढाइ मेला त्यसैको अभ्यास भएको बताउनु भयाे ।

गाउँपालिकाका शिक्षा विभाग प्रमुख तथा वडा नम्बर ४ का अध्यक्ष जग्ग रोकायाले पहिलो पढाइ मेलादेखि चौथोसम्म आइपुग्दा कार्यक्रमले व्यापक विस्तार पाएको धारणाा राख्नुभयाे । उहँका अनुसार पढाइ मेला केवल पुरस्कार जित्ने प्रतियोगिता नभई शिक्षक, विद्यार्थी र अभिभावकबीच सिकाइ अनुभव आदानप्रदान गर्ने साझा थलो बनेको छ।

कार्यक्रमस्थल कालिका माध्यमिक विद्यालय, तलिकुडुका प्रधानाध्यापक डिल्ली प्रसाद आचार्यले चौथो पढाइ मेला आयोजना गर्ने अवसर पाउनु विद्यालयका लागि गौरवको विषय भएको बताउनु भयाे । विद्यालय परिवारले रातदिन खटेर कार्यक्रमको व्यवस्थापन गरेको उल्लेख गर्दै यस्तो अवसरले विद्यालयको पहिचान थप उचो बनाएको बताएकाे महशुस गर्नुभयाे । गाउँपालिकाका कर्मचारी लोकप्रसाद उपाध्यायले पढाइ मेलाले विद्यार्थीको प्रतिभा पहिचान र सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने विश्वास व्यक्त गर्नुभयाे ।

मेलामा विद्यार्थीहरूले आकर्षक विज्ञान प्रदर्शनीमार्फत स्थानीय स्रोतसाधन प्रयोग गरेर तयार गरिएका वैज्ञानिक सामग्री प्रस्तुत गरेका थिए। पढाईमेलामा सौर्य ऊर्जाका नमुना, कृषि तथा वातावरणसँग सम्बन्धित सामग्री, जल संरक्षणका अवधारणा र कतै प्रविधिमा आधारित सिर्जनात्मक नमुना, अर्गानिक कृषि शिक्षा दिने नमुनाले सहभागिकाे ध्यान खिच्दै आएका छन् ।

मेलामा शिक्षक विद्यार्थीले सकारात्मक धारणा आउन थालेकमे छ । नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय, ओदीका कक्षा १० का विद्यार्थी अकेश रोकायाले पढाइ मेलाले आफूहरूलाई किताबको ज्ञानसँगै व्यवहारिक सिकाइको अवसर दिएको प्रतिक्रिया दिनुभयाे । रूपाकाेट आविका प्रअ शान्ति शाहीले पढाईमेलाले विद्यार्थीकाे ज्ञान प्रस्तुत, प्रतिस्पर्धाकाे भावना बृहत् शैशिक जागरण ल्याउने गरेकाे बताउनुभयाे ।

कार्यक्रमभरि विद्यालयका स्टलहरू अवलोकन गर्न आउने अभिभावक, विद्यार्थी तथा अतिथिको भीड थियाे

चौथो पढाइ मेलाको पहिलो दिन उद्घाटन, शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, देउडा तथा सिर्जनात्मक गतिविधि र दोस्रो दिन असार १४ गते विभिन्न विधाका अन्तिम प्रतिस्पर्धा, पुरस्कार वितरण तथा समापन गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयाे ।

चा‌थाे पढाईमेलाकाे पहिलो दिनका गतिविधिबाट हिमाले शिक्षा कक्षाकोठामा सीमित नराखि सिर्जना, विज्ञान, संस्कृति, प्रतिस्पर्धा, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोडेर नयाँ पुस्तालाई भविष्यका लागि तयार पार्ने अभियान अघि बढाइरहेको सन्देश दिन सकेको छ। दोस्रो दिनभर विवधि कार्यक्रम गरिएको छ। हाजिरी जवाफ, देउडा गीत प्रतियोगिता, सीप परिक्षण, हस्तकला, वक्तित्व कला प्रतियोगिता गरिएको थियोे।

हिमाले हरेक वर्ष पढाइ मेला गरि नमुना काम गरेको हिमा गाउँपालिकाका अध्यक्ष शाहीको दाबी छ । उहाँले यहाँका विद्यालयका खानेपानी, भाैतिक पुर्वाधारमा केही परिवर्तन भएकाे उहाँकाे दावी छ । मेलामा माध्यामिक विद्यालय तर्फ नेत्रज्याेति मावि ओदी र आधारभुत तर्फ कालिका आवि देवारगाउँ प्रथम भएकाे छ ।

प्रतिकृया दिनुहोस्