OnlinePana

आज : २०८३ आषाढ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०८३काठमाडौं
७ पटक

११ असार २०८३, बिहीबार

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको चौधौं बैठकको प्रारम्भमा बोल्दै नेकपा कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ल्याएको बजेटमा भएको कमजोरीका विषयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राख्नुभयो ।

उहाँले उद्देश्यविहीन र त्रुटियुक्त बजेटमाथि उठेका प्रश्नको जवाफ नदिई बहुमतको आडमा सरकारले पेलेर पारित गर्ने कुरा अस्वीकार्य हुने बताउनुभयो । बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको र यसमा सरकारले व्यापक सुधार नगरुञ्जेल अगाडि बढ्ने नदिने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्