OnlinePana

आज : २०८३ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्णराज बुढा आषाढ ५, २०८३जुम्ला,
७७ पटक

पातारासी जुम्ला/असार ५ गते ।

जुम्लाको पातारासी गाउँपालिकाका सार्वजनिक कार्यक्रम तथा विद्यालयमा रैथाने कृषि उपजबाट बनेका खाजाका परिकार प्रयोग गर्ने विषयमा सचेतना थालिएको छ ।

गाउँपालिकामा संचालित बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत विद्यालयमा दिवा खाजा र सार्वजनिक कार्यक्रममा स्थानीय स्तरमा कृषिजन्य उपजको प्रयोग प्रर्वधनात्मक गोष्ठी सम्पन्न भएको छ । पातारासी गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रमका सम्पर्क व्यक्ति तथा पशुपंक्षी शाखा प्रमुख हरिबहादुर कामीका अनुसार गोष्ठीमा पातारासीका सवै कार्यक्रममा रैथाने खाजा प्रयोग गर्ने बिषयमा समिक्षा तथा वहश भएको बताउनुभयो ।

उहाँले विद्यालय स्तरमा रैैथाने खाजा प्रयोग भईरहेको र यसको व्यहारिकता बिषयमा गहिरो छलफल भएको बताउनुभयो । गोष्ठीमा पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले स्थानीय सरकारले सवै सार्वजनिक कार्यक्रममा स्थानीय परिकारको खाजा प्रयोग गर्ने बिषयमा नितिगत सुनिश्चितताका लागि प्रथामिकता दिने बताउनुभयो । उहाँले अहिले विद्यालयमा रैथाने परिकारको खाजा प्रयोग गरेका छौ अव गाउँपालिकाका कार्यक्रममा जाृेड दिएमा पोषणमा थप सुधार हुनेमा जोड दिनुभयो ।

पातारासी गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र रेग्मीका अनुसार पातारासीमा स्थानीय उत्पान भएका रैथाने परिकारको दिवा खाजा खुवाउने बिषयमा विद्यालय र सरोकारवाला निकाय विच छलफल, समिक्षा तथा अन्तक्रिया भएको छ । उहाँले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवाला निकायको विचमा रैथाने परिकारका बिषयमा छलफल भएको बताउदै अहिले पातारासीका १५ वटा विद्यालय र ६ वटा ईसिडिमा रैथाने परिकार प्रयोग भईरहेको जानकारी दिनुभयो । उहाँले विश््रव खाद्य कार्यक्रमको सहयोगमा विद्यालयमा रैथाने खाजाका लागि सचेतना तथा आधार तयार भईरहेको बताईएको छ ।

नेपाल सरकारको सहयोग तथा विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा संचालन भईरहेको उक्त कार्यक्रम पातारासीमा कृषि समुह, सहकारी, विद्यालय, गाउँपालिकाको शिक्षा शाखा सँगको सहकार्यमा रैथाने दिवा खाजाको परिकार खुवाउन व्यवहारिक प्रयोग भईरहेको छ । यसैगरी आठवटा विद्यालयमा दिवा खाजाको लागि भान्साघर समेत निर्माण भईरहेका छन् । गोष्ठीमा विश्व खाद्य कार्यक्रम पातारासी गाउँपालिका फिल्ड संयोजक कृष्ण थापा स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम तथा रैथाने परिकारको प्रवर्धनको वारेमा भईरहेका कामको सहजीकरण गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्