OnlinePana

आज : २०८३ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ५, २०८३काठमाडौं
३२ पटक

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् ।

उनले राष्ट्रपति रामचन्दै पौडेलबाट शपथ लिएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ ।

संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् ।

सर्वोच्च अदालतमा बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल  छिन् ।  वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने आकांक्षी थिइन् ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई  अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार  गरेका थिए । ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै पनि  निर्णय गर्न सक्ने प्रवाधान अध्यादेशमा राखिएको थियो ।  त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस्