OnlinePana

आज : २०८३ आषाढ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ८, २०८३
११२ पटक

 

८ बैशाख २०८३, मंगलबार

सुर्खेतः कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दैलेख हुँदै कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, जाजरकोट जिल्लाको “वडावन–सानाखोला सडक”लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले बताउनुभयो । उहाँका अनुसार बैठकले “कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२” स्वीकृत गरेको छ ।

 

प्रतिकृया दिनुहोस्