OnlinePana

आज : २०८२ चैत्र २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २६, २०८२
११ पटक

२६ चैत २०८२, बुधबार

जुम्लाः जुम्लाबाट सुर्खेत आउदै गरेको एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाईते भएका दुई बिरामीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।

हिमा गाउँपालिका ६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर अधिकारी र वडा नं. ७ मर्चीगाउँ निवासी २० वर्षीय लोकेन्द्र शाहीलाई कालीकोट अस्पतालबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो । खाँडाचक्र नगरपालिका २ कालीकोट मान्मस्थित मेयर खोलानजिक बिरामी बोकेर जुम्लादेखि सुर्खेत आउँदै गरेको क.प्र.०१००१ झ ००२४ नं.को एम्बुलेन्स बुधबार राती ८ः१० बजे अचानक दुर्घटना हुँदा गम्भीर घाईते भएका थिए ।

घाईते मध्ये अधिकारीको दायाँ खुट्टाको तिघ्रा नजिक दुई ठाउँमा हड्डी भाँचिएकोले आइसियुमा राखेर उपचार भईरहेको र भोलि नै काठमाडौं रिफर गर्ने तयारी रहेको प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञावलीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्का घाईते शाहीको अवस्था सामान्य रहेको छ । दुवैको उपचार खर्च प्रदेश अस्पतालले नै व्यहोर्ने सूचना अधिकारी ज्ञावलीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार दुर्घटनाका कारण एम्बुलेन्समा सवार बिरामी अधिकारीका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र वडा नं. ७ निवासी एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको थियो । भीमबहादुर बुबा कलबहादुरको उपचारका लागि एम्बुलेन्सको व्यवस्थापन गरेर सुर्खेत हिडेका थिए ।

प्रतिकृया दिनुहोस्