OnlinePana

आज : २०८२ फागुन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २८, २०८२
१८ पटक

जुम्ला/फागुन २८ गते— जुम्लाबाट १८ बर्षिय किश्वरीको हेलिकोप्टरबाट उद्वार गरिएको छ । तिला गाउँपालिका वडानं –३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाबाट सुर्खेत उद्धार गरिएको हो ।

फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी अस्मिताको स्वास्थ्य अवस्था बिग्रदै गएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार अस्मिता नेपालीले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिनुभयो । प्रसूति अवस्थामा जटिलता आएको, स्वास्थ्यमा सुधार नआएपछि कर्णाली प्रतिष्ठानको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उहाँले त्यो खबर सुनेपछि गृहमन्त्रालय, महिला तथा वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पहल गरेर जुम्लाबाट काठमाण्डौका लागि रिफर गरेर सुर्खेत पठाईएको छ ।

चिकित्सकले तत्काल सुविधायुक्त स्वास्थ्य निकायमा लैजानुपर्ने भनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल हुँदा काठमाडौं रेफर गरिएको जानकारी दिनुभयो । उहाँले हेलिले सुर्खेत सम्म सेवा दिएपछि सुर्खेत प्रदेश अस्पतालमा उपचार भईरहेको बताउनुभयो । सुर्खेतमा सन्चो नभएमा सुर्खेतबाट काठमाण्डौ जान विरामीलाई सजिलो हुने छ । उहाँका अनुसार विरामीको मृगौला र कलेजोमा समेत असर परेकाले रिफर गरिएको जानकारी दिनुभयो ।

क्याप्स्न  : नेपाली सेनाको हेलिकोप्टरबा सुर्खेत पठाउदै सुत्केरीः तस्बिर डिवी वुढा, जुम्ला ।

प्रतिकृया दिनुहोस्