OnlinePana

आज : २०८२ फागुन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २५, २०८२
१८ पटक

२५ फागुन २०८२, सोमबार

सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणना अनुसार नेपाली काँग्रेस पहिलो भएको छ ।

निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली काँग्रेसले २३ हजार ४२३ मत प्राप्त गरी पहिलो भएको हो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० हजार ५२७ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।

समानुपातिकतर्फ नेकपा एमालेले १६ हजार ९५२, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १४९ र श्रम संस्कृति पार्टीले ९५२ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो, पाँचौ र छैटौं बनेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

एक लाख २२ हजार ९०२ कुल मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार २८९ मत खसेको थियो । ६७ हजार ३०७ मत सदर हुँदा एक हजार ९८२ मत बदर भएको र समानुपातिकतर्फ सो क्षेत्रमा ५७ दलहरुले भाग लिएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.१ सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्