OnlinePana

आज : २०८२ फागुन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २४, २०८२
३१ पटक

 

२४ फागुन २०८२, आईतबार

एक मात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी हुनुभएको छ ।

बुढाले आफ्नो निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत मत ल्याएर विजयी हुनुभएको हो । रोकायले पाँच हजार ३९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाली काँग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गर्नुभएको छ । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । २५ हजार ५ कुल मतदाता संख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

 

प्रतिकृया दिनुहोस्