OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २४, २०८२
११८ पटक

 

२४ फागुन २०८२, आईतबार

एक मात्र निर्वाचन क्षेत्र भएको मुगुमा नेपाली काँग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी हुनुभएको छ ।

उहाँले सात हजार ९१४ मत प्राप्त गरी विजयी हुनुभएको हो । शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायलाई एक हजार १९६ मतान्तरमा सात हजार ९१४ मत ल्याएर विजयी हुनुभएको हो । रोकायले छ हजार ७१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो छ ।

उहाँका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले दुई हजार पाँँच हजार ५५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत प्राप्त गर्नुभएको छ । मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । ३६ हजार ६०५ कुल मतदाता संख्या रहेको यो निर्वाचन क्षेत्रमा २२ हजार १६८ मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्