फागुन २३, २०८२

१५ पटक
२३ फागुन २०८२, शनिबार
सल्यानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेश मल्ल विजयी हुनुभएको छ ।
४८ हजार २८१ मत गणना गर्दा मल्लले १३ हजार ३६२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली काँग्रेसका केशबहादुर विष्टलाई पछि पार्दै आठ हजार ३५६, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले १२ हजार ७४९, काँग्रेसका विष्टले नौ हजार ७२० र नेकपा एमालेका गुलाबजंग शाहले आठ हजार ५११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई हजार ८६ मत बदर भएको छ । सल्यानमा १४ दल र दुई स्वतन्त्र गरी १६ प्रत्यासीहरु चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ६४ हजार ६४८ मतदाता संख्या रहेको यो क्षेत्रमा ८४ हजार २०१ मत खसेको थियो ।


