OnlinePana

आज : २०८२ फागुन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २१, २०८२
६४ पटक

नेत्र शाही/जुम्ला,

फागुन २१ गते । जुम्लामा ५७.४४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा महिला २१ हजार एक सय ४६ जना, पुरुष : २० हजार ६४ जना मतदाता गरि जम्मा रु ४१ हजार दुईसय १० मत खसेको हो । कार्यालय प्रमुख दिपेन्द्र कँडेलका अनुसार जिल्लाका ११० वटा मतदान केन्द्रबाट आएको प्रतिवेदनका अनुसार सो मत खसेको जानकारी दिनुभयो ।

जुम्लामा शान्तिपुर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलका अनुसार जुम्लाको निर्वाचन शान्तिपुर्ण र उत्साहपुर्वक सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले निर्वाचन प्रक्रियामा राजनैतिकदल, सरकारी निकाय देखी सवै तहको सहयोगमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो । उहाँले अव मुचुल्का उठाएर सदरमुकामतिर ल्याईदै गरिएको जानकारी दिनुभयो । जुम्लामा ७१ हजार सात सय ३९ जना मतदाता रहेका थिए ।

क्याप्सन ः कालिका आवि देवारगाउँमा मतदात गर्दै मतदाता तस्बिर नेत्र शाही, जुम्ला ।

 

प्रतिकृया दिनुहोस्