OnlinePana

आज : २०८२ फागुन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १८, २०८२
५० पटक

काेरपाटी / जुम्ला,
फागुन १८ गते । बिहान नेपाली कम्युनिष्ट पार्टीकाे तर्फबाट २०८२ फागुन १८ गते विहान ११ :३० बाट एउटा म्यासेज आउन थाल्याे, वेलुकी ६ गते एकै साथ टिकटक र सामाजिक सञ्जालमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारलाई प्रचार गर्न सुचना जारी भयाे ।

वेलुकी ६ बज्नै लाग्दा फेसवुक, टिकटकमा धमाधम केही न केही कन्टेन्ट आउन थाले । माैन अवधि सकिनै लाग्दा  नेपाली कम्युनिस्ट पार्टी जुम्लाले प्रचार–प्रसारको शैली अपनायाे ।

सामाजिक सञ्जालमार्फत झण्डै १५ सयभन्दा बढीले एकैसाथ प्रतिनिधिसभा उम्मेदवार नरेश भण्डारीको पक्षमा खुलेर सयाै फेसवुक, टिकटक कन्टेन्ट पस्किएका छन् ।
मेसेन्जर ग्रुपममा समर्थन जनाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। फेसबुक, टिकटक र मेसेन्जर ग्रुपहरूमा एकै समयमा सार्वजनिक गरिएको डिजटल कन्टेन्ट समर्थकहरूकाे सन्देशले जुम्लामा डिजिटल अभियानको शक्ति देखाएको छ। “जुम्लाको समृद्ध भविष्यका लागि नरेश भण्डारी”भन्ने नारासहित गरिएको अभियानले विशेषगरी शिक्षित युवा, बौद्धिक वर्ग र प्रवासमा रहेका जुम्ली समुदायको ध्यान तानेको छ।

उसाे त भण्डारीकाे चुनावी प्रचार रणनिति काैशलता फरक र अब्बल देखिएकाे छ । प्रचार अवधिमा झण्डै सवा दुईसय बढि सम्बाेधन गरिएका प्रचार विभागले जनाएकाे छ  । दुईदपटक जिल्ला स्तरीय पत्रकार भेटघाट गरिएकाे छ । संचार माध्यामले उनका एजेण्डा प्रष्ट भएकाले प्रथामिकता समेत दिएकाे पाईन्छ ।

प्रतिकृया दिनुहोस्