

काेरपाटी /जुम्ला,
फागुन १८ गते । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विरबहादुर कुँवर ( सुरेश पहाडी) ले व्यवस्थाको रक्षाको लागि नेपाली कम्युनिष्ट पार्टी र उम्मेद्धार नरेश भण्डारीलाई भोट हाल्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक संजालमा लेख्नु भएको छ । आदर्निय जुम्ली आमा बुबा दिदि बहिनी दाजुभाई यतिबेलाको चुनाबमा हाम्रो पार्टी ब्याबस्थाको रक्षा हामी नागरिकले प्राप्त गरेका अधिकारको रक्षा र थप अधिकार प्राप्ति जेन्जिको भावना संबोधन जुम्लाको बिकास गर्नका लागि भाग लिएका छौं ।
जुम्ला संमृद्ध बनाउने सुखि जुम्लीको सपना साकार गर्नसक्ने एकमात्र सक्षम उम्मेद्धारर नरेस भण्डारीलाई तारा चुनाब चिन्हमा भोट दिइ बिजयी गराइदिन हार्दिक अनुरोध गर्दछु । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते का लागि सम्पुर्ण तयारी भईरहेको अवस्थामा जुम्लामा नेपाली कम्युनिष्ट पार्टी अग्रस्थानमा रहेको छ ।








