OnlinePana

आज : २०८२ पौष ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ४, २०८२
६४ पटक

जुम्ला/पुष ४ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले स्थानीय यातायातको नयाँ भाडादर कायम गर्नका लागि प्रारम्भिक काम शुरु भएको बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले सौलियत भाडाका लागि जनताको गुनासो व्यापक रुपमा आएकाले जिल्लाको भाडादर अहिलेको अवस्थामा निर्धारण गर्नका लागि जिल्ला समितिले प्रारम्भिक काम शुरु गर्न थालेको जानकारी दिनुभयो ।

एक हप्ता अगाडि जुम्ला प्रदेश (ख) क्षेत्रका स्थानीय अगुवाले जुम्ला बजारबाट छुट्ने यातायातको भाडा सस्तो गर्न प्रशासनलाई ध्यानाकर्षण गराएका थिए । सोही आधारमा पटक पटक छलफल हुदा अहिलेको समयमा बाटोको अवस्था, साधान रोक्ने अन्तरस्थानको दुरी सहित विभिन्न विषयको आकलन गरि छलफल गरेर अगाडि बढाईने छ ।

शुक्रवार पुन भाडादरको बिषयमा प्रमुख जिल्ला अधिकारी पौडेल सहित, यातायात व्यवस्था कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय सँग स्थानीयले छलफल गरेका छन् । छलफलमा प्रमुख जिल्ला अधिकारी पौडेलले सोमबार प्रतिनिधिमुलक सर्वपक्षिय र राजनैतिकदलको वैठक बसालेर सुझाव संकलन गर्ने र समितिको वैठकमा प्रारम्भिक मौस्यौदा तयार गररे निश्कर्षमा निकालिने बताउनुभयो । उहाँले सो कार्यकालागि माताहतका कार्यालय र निकायलाई निर्देशन गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, राजनैतिकदल, जनप्रतिनिधि, जुम्लामा संचालित यातायात र टेम्पु व्यवसायी, प्रतिनिमिुलक ध्यानाकर्षण गर्ने सेवाग्राही , नागरिक समाज, पत्रकार सहितका सरोकारवाला निकायको उपस्थितिमा सोमबार पुष ७ गते छलफल हुनेछ ।

सोमबार हुने छलफलमा सूझाबको आधारमा भाडा निर्धारण समितिलाई सुझाव दिनेछ । त्यसपछि समितिको वैठक बसेर जुम्ला जिल्लाको भाडादर कायम गरिनेछ । प्रमुख जिल्ला अधिकारी पौडेले यो काम कम्तिमा पुष १६ गते भित्र गरिसक्ने गरेर काम अगाडि बढाउन उपसमितिलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
यातायात व्यवस्था कार्यालयका अनुसार जुम्लामा २०७८ सालमा भाडादर निर्धारण गरिएको छ । सो भाडादर कार्यान्वयन नभएको भन्दै सेवाग्राहीले गुनासो गरिरहेका छन् । नयाँभाडादर कार्यान्वयन नहुदा सम्म पुरानै दर कार्यान्वयन गर्न निगरानी गर्न प्रशासन, यातायात र ट्राफिक कार्यालालाई गुनासो गर्दैै आएको हिमा १ निवासी हर्षबहादुर शाही बताउछन् ।

प्रतिकृया दिनुहोस्