मंसिर १७ गते, जुम्लाको हिमा गाउँपालिकाले ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्य रुपमा मनाएको छ ।
हरेक बर्ष डिसेम्बर ३ का दिनमा मनाउदै आएकोे दिवस यस पटक भब्य कार्यक्रमका विच मनाएको हो । दिवसको अवसरमा अपाङ्गता भएका वालवालिकालाई झोला, कापी कलम र अन्य अपाङ्गता भएका व्यक्तिलाई टोपी पञ्जा, मोजा बितरण गरिएको छ ।
दिवसको अवसरमा घैटोफोर कार्यक्रम समेत गरिएको छ । अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही, वडाध्यक्ष लगायत सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा सो कार्यक्रम गरिएको छ ।
पूर्ण अशक्तलाई प्रतिहजार ५० हजारको आयआर्जन कार्यक्रम गर्ने :
दिवसलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाका १४ जना पूर्ण अशक्त भएका व्यक्तिलाई प्रतिव्यक्ति ५० हजार बराबरको आयआर्जन कार्यक्रममा सहयोग पुर्याउने बताउनु भएको छ । गाउँपालिका अध्यक्ष शाहीले समाजमा दैनिक अरुको साहारामा बाच्ने ति व्यक्तिलाई गाउँपालिकाले सो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले अपांगता भएका व्यक्तिले केहीपनि गर्न सक्दैनन भन्ने सोच हट्दै गएको बताउनुभयो । उहाँले गाउँपालिकाका विद्यालय अपांगता मैत्री बनाउन शुरु गरिएको अव गाउँपालिका प्रशासनिक केन्द्र पनि अपांगत मैत्री बन्ने बताउनुभयो ।
हिमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले अबसर दिएमा अपांङ्गता भएका व्यक्तिले पनि राम्रो काम गर्न सक्छन भन्ने उदाहरण हाम्रै समाजमा रहेकोमा जोड दिनुभयो । उहाँले दिवसको शुभकामना दिदै आगामी दिनमा अझ सहकार्य गरेर काम गर्नेमा जोड दिनुभयो ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जुम्ला तथा अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका पूर्वध्यक्ष नेत्रबहादुर शाहीले दिवसको अवसरमा गाउँपालिकाले गर्दै आएको प्रथामिकताका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँका अनुसार जुम्लामा झण्डै २० बर्ष देखी मनाईदै आएको दिवस संघीयता पछि स्थानीय सरकारले मनाउन थालेकोले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अव रविलाल सुनार जस्ता घर विहिन व्यक्तिको घर बनाउनका लागि स्थानीय सरकारलाई अपिल गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई समेत अवसर दिएमा समाजका लागि धेरै काम गर्न सक्नेमा जोड दिनुभयो । झमक घिमिरे अशक्त हुदा पनि गर्नु भएको काम सदाका लागि उदाहरणीय भएको उहाँको भनाई रहेको छ ।
हिमा गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख राज्य लक्ष्मी रावलले अपांगता दिवश मनाउनुको उद्देश्य, ईतिहासका बिषयमा जानकारी दिनुभयो । उहाँले हिमा गाउँपालिकाले अपांगता भएका व्यक्तिका लागि गरिरहेका कामको बिषयमा जानकारी दिनुभयो । हिमा गाउँपालिका सामाजिक शाखा प्रमुख तथा पूर्ण अशक्त अपांगता भएका व्यक्ति सूर्यबहादुर अधिकारीले अपांगता भएका व्यक्तिको जीवन अहिले पनि कठिन अवस्थामा रहेकाले सरोकारवाला निकायले प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाले आगामी बर्ष कार्यक्रमका लागि धन्यवाल ज्ञापन गर्नुभयो । दिवसको अवसरमा गाउँपालिका क्षेत्रको जुगाँड बजार परिक्रर्मा समेत गरिएको थियाे ।