OnlinePana

आज : २०८२ मंसिर १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १८, २०८२
७ पटक

१६ मंसिर २०८२, बुधबार

अपांगता अधिकार र सचेतना विस्तारका लागि सुर्खेतमा ह्वीलचियर बास्केटबल खेल सम्पन्न भएको छ ।

३४औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा स्पाइनल इन्जुरी युनियनले, सेभ द चिल्ड्रेन र भिजन ३६० को सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरु बीच मैत्रीपूर्ण व्हिलचेयर बास्केटबल खेल आयोजना गरी आजै सम्पन्न गरेको हो । उक्त खेलमा कर्णाली प्रदेशको तर्फबाट स्पाइनल इञ्जुरी युनियन र सुदूरपश्चिम प्रदेशकोतर्फबाट एपी इन्क्लुसिभ पारा एथलेटिक्स स्पोर्टस क्लब सहभागी भएका थिए ।

युनियनका संयोजक दिव्या खड्काका अनुसार व्हिलचेयर बास्केटबल खेलमार्फत अपांगता भएका व्यक्तिहरु आत्मविश्वासी, सक्षम, सम्मानजनक तथा सक्रिय जीवन जिउन पूर्णरुपमा सक्षम छन् भन्ने सन्देश दिन खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई आवश्यक पर्ने कुरा भनेको समावेशी र लान्छना–मुक्त समाज निर्माणका लागि समुदाय र सरकारको अझ बलियो समर्थन र सहकार्य हो । सेभ द चिल्ड्रेनको सिफ्ट अभियानअन्तरगत यस समूहले संवाद, कथावाचन र आर्टिभिजमलाई प्रवद्र्धन गर्न तथा अपांगता अधिकार र सचेतना विस्तार गर्न व्हिलचेयर बास्केटबललाई माध्यमको रूपमा प्रयोग गर्दै आएको छ ।”

सेभ द चिल्ड्रेनका पैरवी र सञ्चार निर्देशक आयुष जोशीले व्हिलचेयर बास्केटबलक खेल अपांगता भएका व्यक्तिहरुले भोग्दै आएका लाञ्छना र भेदभावलाई चुनौती दिने एक सृजनशील र प्रभावकारी माध्यम भएको बताउनुभयो । “खेलमार्फत खेलाडीहरुले केवल पूर्वाग्रहहरू तोडिरहेका छैनन्,” उहाँले भन्नुभयो, “उनीहरुले शक्तिशाली रोल–मोडेलका रुपमा अपांगता अधिकार, जवाफदेहिता र सार्थक सहभागिताका पक्षमा वकालत पनि गरिरहेका छन्, ।” उहाँका अनुसार, खेल र खेलाडी तथा सहभागीबीचका अन्तरक्रियाले अपाङ्गता भएका व्यक्तिहरु प्रतिको ज्ञान, दृष्टिकोण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अपांगता समावेशीकरण एक दिनको विषय नभएको बताउँदै भन्नुभयो “कर्णाली प्रदेश सरकारको तर्फबाट म अपांगता भएका व्यक्तिहरुले समावेशी सेवाहरुमा पहुँच पाउन सक्ने वातावरण निर्माण गर्ने पूर्ण प्रतिबद्धता दोहोर्याउँछु । हामी चेतनामूलक गतिविधि प्रवद्र्धन गर्न र अपांगता अधिकारलाई अगाडि बढाउन निरन्तर काम गर्दै जानेछौ ।”

 

प्रतिकृया दिनुहोस्