OnlinePana

आज : २०८२ भाद्र ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १०, २०८२
५९ पटक

 

जुम्ला / भदाै १० गते । कर्णाली प्रदेशसभाका उपसभामुख यसाेधा न्याैपानेले तिजलाई महिलाहरूकाे क्षमता प्रदर्शन र विकासकाे रूपमा लिनुपर्ने बताउनु भयाे । जुम्लामा तिज बिशेषकाे रूपमा आयाेजना गरिएकाे देउडा प्रतियाेगितामा उपसभामुख न्याैपनेले तिजलाई महिलाहरूकाे प्रतिभाकाे क्षमता विकासका रूपमा लिन आवश्यक  रहेकाे बताउदै स्थानीय सरकारले यसमा जाेड दिन आवश्यक रहेकाे धारणा राख्नुभयाे ।

उपसभामुख न्याैपानेले दानसाँघु क्षेत्रलाई धार्मिक पर्यटनकाे हिसावले बिस्तार गर्न आवश्यक रहेकाे बताउदै यसकाे प्रथामिकता दिने बताउनु भयाे । उहाँले कर्णाली सभाले गरिरहका कामकाे बिषयमा समेत जानकारी दिनुभयाे ।

जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नम्बर १ ले हरितालिका तिजकाे अवसरमा दानसाँघु त्रिवेणीमा आयाेजना गरिएकाे देउडा प्रतियाेगितामा चर्चित देउडा गायक बिपना सिंह र जुम्लाका देउडा गायक धिरज जैसीबिच दिनभर देउडा प्रतियाेगिता भएकाे छ ।
दानसाँघुमा आयाेजना गरिएकाे प्रतियाेगिता समितिका अध्यक्ष तथा वडाध्यक्ष तिलक प्रसाद न्याैपानेले खस सभ्यताकाे जगेर्ना गर्न तथा तिजलाई प्रतिभाकाे रूपमा पहिचान गर्न प्रतियाेगिताकाे आयाेजना गरिएकाे बताउनुभयाे ।
यसैगरी जुम्लाकाे टुडिखेलमा सयाै महिलाहरू जम्मा भएर नाचगान गरि तिज मनाईएकाेछ । उपसभामुख न्याैपानेले टुडिखेलमा भईरहेकाे तिजकाे अवलाेकन समेत गर्नु भएकाे छ ।

प्रतिकृया दिनुहोस्