OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ११, २०७७सुर्खेत
१०१८ पटक

सुर्खेत, ११ जेठ २०७७, आईतबार

मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीहरुले आजबाट डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समितिको आयोजनामा आजबाट आन्दोलन शुरु भएको छ ।

संघीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रमअन्तरगत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन तथा संघीय शिक्षा ऐन जारी गर्न दबाब दिन आन्दोलन शुरु गरिएको संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले कोरपाटीलाई जानकारी दिनुभयो । लकडाउनको अवधिमा भेला हुन नमिल्ने भएकोले प्रविधिको सहयोग लिएर सामाजिक सञ्जालबाट संघीय सरकारलाई शिक्षकका मामलामा गम्भीर बनाउन डिजिटल आन्दोलन शुरु गरिएको उहाँले बताउनुभयो ।

“मुलुकमा ३६ हजार बाल विकासका शिक्षक र ३२ हजार विद्यालय कर्मचारी अहिले पनि न्यून परिश्रममा बाँच्न बाध्य छन्,” अध्यक्ष अधिकारीले भन्नुभयो, “यो सरासर अन्याय हो । श्रम ऐनले तोकेबमोजिम राज्यले उनीहरुलाई तलबभत्ता र दरबन्दीको सृजना गरी स्थायी प्रक्रियामा लग्नुपर्दछ ।”

त्यस्तै, द्वन्द्वपीडित शिक्षकका समस्या समाधान, उपचारका लागि अस्पताल स्थापना, सामुदायिक विद्यालयको नीजि स्रोत तथा नीजि विद्यालयका कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोष, स्थायी शिक्षकको अस्थायी सेवा अवधि गणनाका लागि सरकारलाई सामाजिक सञ्जालमार्फत अनुरोध गर्ने उहाँले बताउनुभयो ।

डिजिटल आन्दोलनका क्रममा उच्चस्तरीय दरबन्दी मिलान तथा पुनः व्यवस्थापन सुझाव कार्यदलको सिफारिस अनुसार राहत÷अनुदान, साविक उच्च मावि र प्राविधिक धारमा कार्यरत शिक्षकहरुको दरबन्दी व्यवस्थापन गरी स्थायी गर्ने देखि शहीद स्मृति आवसीय विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, सामदायिक विद्यालयमा कार्यरत सिकाई अनुदान र स्वयंसेवक शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्नुपर्नेलगायतका मागहरुलाई सरकारको आगामी बजेट तथा कार्यक्रममा समवेश गराउन सामाजिक सञ्जालबाट सरकारलाई दबाब दिने संगठनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्