OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २६, २०८१सुर्खेत
४ पटक

 २६ पुस २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरुबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सही सूचना दिदा कसले, कहाँ र के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, “सही सूचना दिँदा कमजोरी गर्नेले समयमा सच्चिने अवस्था आउँछ । सरकारले गरेका काम जति धेरै जनताको माझ पुराउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य पनि हुन्छ ।” कर्णाली प्रदेश सरकारले सूचना लुकाउनु पर्ने गरि कुनै पनि काम नगरेको दावी गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार सुशासन, पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरी समाजमा देखिएका विकृति एवं विसङ्गति अन्त्य गर्ने काममा लागेको जिकिर गर्नुभयो ।

सरकारले गरेका राम्रा कामको सही रुपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको उहाँको भनाई थियो । उक्त अवसरमा कार्यक्रमा सहभागी प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरुलाई सत्य सूचना नागरिकलाई दिन समेत मुख्यमन्त्री कँडेलले निर्देशन दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्