OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०८१सुर्खेत
११९ पटक

१० असार २०८१, सोमबार

कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु.तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय ९९ बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाका उपप्रमुख नीलकण्ड खनालले पन्ध्रौं नगर सभामा बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले चालूतर्फ रु.एक अर्ब ७५ करोड ७३ लाख ६८ हजार नौ सय ९९ (४८ दशमलव ९३ प्रतिशत) र पूँजीगततर्फ रु.एक अर्ब ८३ करोड पैंचालीस लाख (५१ दशमलव ०७ प्रतिशत) बजेट विनियोजन गरिएको बताउनुभयो ।

उपप्रमुख खनालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले कृषि विकासमा रु.५६ लाख ५० हजार, पशुपन्छी विकासमा रु.४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा रु.६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवद्र्धन तथा नगर अस्पतालका लागि रु.चार करोड पाँच लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गलगायत अन्य लक्षित वर्गमा रु.एक करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा रु.सात करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापनमा रु.दुई करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा रु.दुई करोड १७ लाख ४५ हजार र नगरस्तरीय विविध पूर्वाधार विकासमा रु.२५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरेको उपप्रमुख खनालले जनाउनुभयो ।

त्यस्तै, तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु.३१ करोड ५० लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (समपुरक कोष) (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि रु.१० करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु.१७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यक्रमका अन्तरगत रु.एक करोड ६० लाख र वडास्तरीय नगर गौरव आयोजनाका लागि रु.आठ करोड बजेट विनियोजन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रममार्फत् यथोचित बजेट विनियोजन गरिएको खनालको भनाई थियो ।

प्रदेशको राजधानीको अस्तित्वसँग केन्द्रित भएर शहरी सौन्दर्यताका पूर्वाधारहरुलाई विशेष जोड दिदै घण्टाघर पार्कलगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकाबाट खाली गराईएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङस्थल निर्माण गर्न रु.सात करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका निर्माणका लागि रु.एक करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासमा रु.२५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरिएको उपप्रमुख खनालले बताउनुभयो ।

‘शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर–स्वच्छ, स्वस्थ, र समुन्नत वीरेन्द्रनगर’ भन्ने सोचका साथ वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध शहरी सुविधायुक्त, लैंगिकरुपमा महिला मैत्री, सामाजिक रुपले समावेशी÷सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रुपमा निर्माण गर्दै कर्णाली प्रदेशको व्यवस्थित राजधानीका रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्