OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ २५, २०८१जुम्ला,
५८० पटक

जुम्ला, जेठ २५ गते । कर्णाली वोडिङ्ग स्कुल जुम्लाले विद्यार्थीलाई दिक्षित गर्ने कार्यक्रम शुरुवात गरेको छ । स्कुलले यूकेजीबट कक्षा एकमा गएका विद्यार्थीलाई दिक्षित गरेको हो ।

विद्यार्थीलाई एक कार्यक्रमका विच चन्दननाथ नगपालिकाका नगरउप प्रमुख रामदेवी खड्का र नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले विद्यार्थीलाई दिक्षित गर्नु भएको छ ।
विद्यार्थीलाई दिक्षित गर्दै चन्दननाथ नगरपालिकाका उममेयर रामदेवी खड्काले विद्यालयले गरेको दिक्षान्त कार्यक्रम राम्रो भएको प्रशंसा गर्दै शुभकामना दिनुभयो । उहाँले गुणस्तरीय शिक्षामा निजी स्कुलको भूमिकामा कर्णाली वोडिङले समेत गरिरहेको बताउनुभयो ।

शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले साना वालवालिकालाई दिक्षित गर्ने कार्यक्रम कर्णालीमा पहिलो भएकाले यस्ता नमुना कार्यक्रमको प्रगतिको शुभकामना दिनुभयो । उहाँले यस्ता नयाँ नयाँ कार्य क्रमका लागि शुभकामना दिनुभयो । विद्यालयका प्रधानाध्यापक फुर्वा शेर्पा लामाले वालवालिकालाई प्रोत्साहन गर्न दिक्षान्त समारोह गरिएको जानकारी दिनुभयो । स्कुलले पछिल्लो समयमा यस्ता कार्यक्रममा प्रथामिकता गरिरहेको र गुणस्तरीय शिक्षामा ध्यान दिदै आएको बताएको छ ।

 

प्रतिकृया दिनुहोस्