OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २१, २०८१
१८९ पटक

२१ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भूमिका रहेको बताउनुभएको छ ।

‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२४’को अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवम् सञ्चारसम्वद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा पत्रकार एवं सञ्चारकर्मीहरुको संघर्ष र योगदान रहेको जनाउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष हो । नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगतले खेलेको भूमिका प्रशंसनीय छ ।” .

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभएका उहाँले पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादितरुपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत राष्ट्र र जनताको सेवामा समर्पित हुने प्रेरणा प्रदान गरोस भन्ने शुभकामना दिनुभएको छ ।

संविधानले प्रेस तथा सूचना प्रविधि सम्बन्धि कतिपय अधिकार प्रदेश सरकारलाई प्रदान गरेको भएतापनि तद्अनुसार कानूनी व्यवस्था नभएकोले पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवद्र्धनका लागि आगामी दिनमा प्रदेश सरकारको त्यसतर्फ ध्यान जाने उहाँले विश्वास दिलाउनुभएको छ ।

जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिडाउन सहयोग पु¥याउने बताउँदै मुख्यमन्त्री कँडेलले पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यताहरुलाई अनुसरण गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई आफूप्रतिको सामाजिक विश्वास अभिवृद्धि गर्नेतर्फ यस दिवसले महत्वपूर्ण सन्देश दिनेप्रति विश्वस्त रहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्