OnlinePana

आज : २०८२ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ११, २०८०
१९४ पटक

११ चैत २०८०, आइतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकमार शर्माले फागुपूर्णिमा अर्थात् होली पर्व सभ्य र मर्यादितरुपमा मनाउन आग्रह गर्नुभएको छ ।

होली पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यसलाई मौलिक ढंगले आपसी सद्भाव, भातृत्व र भगिनित्व कायम हुने गरी मनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “फागुपूर्णिमा सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग, लोला आदि प्रयोग नगरी मर्यादित, र अनुशासितरुपमा मनाउन आग्रह गर्दछु ।”

बहुजातीय, बहुसाँस्कृतिक मूल्यमान्यता विविधताबीचको एकता नै नेपाली पहिचान भएको जनाउँदै उहाँले यस पर्वले समग्र नेपाली समुदायको मौलिक परम्परा र साँस्कृतिक महत्वको पक्षलाई उजागर गर्दै आएको बताउनुभयो । होलीले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिल्ने विश्वास मुख्यमन्त्री शर्माले व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्