OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २२, २०८०सुर्खेत
७४ पटक

२२ फागुन २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका तीन मन्त्रीहरुले संयुक्त राजीनामा दिनुभएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्त राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शर्माले राजीनामा बुझ्दै जो जहाँ रहेपनि कर्णालीको मुख्य दुश्मन गरिबीसँग लड्न सबै एक भएर अगाडि बढ्नेमा दुईमत नभएको बताउनुभयो ।

राजनीमा बुझाउनुपूर्व तीन मन्त्रीहरुले पत्रकार भेटघाट कार्यक्रम गर्नुभएको थियो । भेटघाटमा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनर्गठनमा सहज पुगोस् भन्ने हेतुले समयमै राजीनामा दिइएको बताउनुभयो । उहाँले काम गर्ने इच्छा हुँदाहुँदै पनि पछुतो लिएर फर्कनुपरेको पत्रकारसँग प्रतिक्रिया दिनुभयो ।

करिब १० महिना १५ दिन सरकारमा रहेर काम गरेका योजनामन्त्री सिंह, सामाजिक विकासमन्त्री पोखरेल र उद्योगमन्त्री बिसीले आफू बहाल रहँदाको अवधिमा गरेका काम र त्यसको प्रगतिबारे पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्