OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०८०सुर्खेत
५१ पटक

१८ फागुन २०८०, शुक्रबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तीन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री र सचिवहरुबीच समन्वय बैठक सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीको अध्यक्षतामा आज वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकले दुईवटा निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र गृह, सञ्चार र कानून मन्त्रालयका मन्त्री र सचिवहरुबीच अन्तर प्रदेश अनुभव अदानप्रदान गरिएको छ ।

उक्त बैठकले प्रदेश प्रहरी समायोजनलगायतका विषयमा आवश्यक छलफल गरी सो सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयमा समन्वय गर्न सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री र गृहमन्त्रीबीच आगामी चैतको पहिलो हप्तामा समन्वय बैठक बस्ने निर्णय गरेको छ ।

बैठकमा बाग्मती तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीद्वय गंगानारायण श्रेष्ठ र शिवदत्त भट्ट, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका सचिवत्रय वीरेन्द्रकुमार यादव, ध्रुवकुमार घिमिरे र सुशील वैद्यको उपस्थिति रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी रोशन शाहीले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्