OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १४, २०८०सुर्खेत
८९ पटक

१४ साउन २०८०, आइतबार

कर्णाली प्रदेशसभाका सदस्यहरुले विपद् प्रतिकार्यमा लाग्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २७औं बैठकको सुरुको समयमा बोल्दै नेपाली काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले वर्षात्का कारण कर्णालीका हुम्ला, कालीकोट, रुकुमपश्चिम, जाजरकोट, मुगु, डोल्पा, सल्यान र दैलेखलगायतका जिल्लामा आएको बाढी र पहिरोले प्रभावित नागरिकको जीउधनको सुरक्षामा जोड दिन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले कर्णालीका सबै जिल्लामा सडकको पहुँच नभएकोले सरकारले तत्काल एमआई–७ हेलिकोप्टरको व्यवस्था गर्न आग्रह गर्नुभयो । दल नेता शाहीले चालु आव.२०८÷०८१ को बजेट कार्यान्वयनमा लैजान मातहका निकायहरुलाई जतिसक्दो छिटो अख्तियारी दिनुपर्नेमा जोड दिनुभयो । विपद् जोखिमबाट प्रभावित बस्तीहरुको व्यवस्थापनका लागि सरकारले एकीकृत बस्ती विकास कार्यक्रमलाई अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो ।

प्रदेशसभा सदस्य विनोदकुमार शाहले आजका दिनसम्म पनि कर्णालीमा एक हजार ८९ दरबन्दी रिक्त रहेको बताउँदै पदपूर्तिका लागि सरकारलाई काम थाल्न आग्रह गर्नुभयो । सदस्यद्वय जुम्कित लामा कार्की र रणसिंह परियारले हुम्लाको सर्केगाड गाउँपालिकाको प्रभावित जनजीवन सामान्य बनाउन र रिप गाउको समस्यालाई दीर्घकालीन समाधान गर्न अनुरोध गर्नुभयो ।

सदस्य कल्याणी खड्काले लोक आयोगको किताबमा समेत महिलालाई अपमान हुनेगरी लेखिएका कुराहरुमा सरकारको गम्भीर चासो जानुपर्ने र त्यसरी हिंसा गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग राख्नुभयो । सदस्यहरु हिक्मत विष्ट, महेन्द्र केसी, सुरेश अधिकारी, पूर्णबहादुर खत्री, बलिमाया बुढा, टेकराज पछाईसमेले बैठकमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्