OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १३, २०८०
४२० पटक

१३ जेठ २०८०, शनिबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ ।

काठमाडौं शंखरापुर नगरपालिकाको साक्व रिसोर्टमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औं साधारणसभा तथा २१औं कृष्ण सेन ‘ईच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लडाई चलाउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुवात हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम्फालेको छु । हिजो युद्ध कतिबेला मरिने हो भन्ने थाहा हुँदा पनि हाम्फाले जस्तै आजको यो लडाई त्यस्तै भएको छ । यद्यपि अपमानित र घेराबन्दी गर्ने काम भईरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीमा चुनौति र अवसर दुवै छन् ।”

उहाँले थप्नुभयो, “थुप्रै अप्ठ्यारा एवं जटिलताबाट देश निर्माण हुने जनाउँदै संसदीय व्यवस्थामा विचार र राजनीतिले मुख्य भूमिका खेल्दो रहेनछ तर माओवादीले खेलेको भूमिका र तागत एवं आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व भइरहेको उहाँको भनाई थियो ।

विचार वर्ग, राष्ट्र निर्माणको निम्ति संकल्प लिएर अगाडि बढेको बताउँदै उहाँले । अब पनि ठूला ठूला एक्सन हरु हुने र त्यसको तरंग पनि ठूलै जाने उहाँको भनाई थियो । त्यसमा आफ्नो ठूलो विश्वास रहेको उहाँले जनाउनुभयो ।

आज नीति कार्यक्रम पारित गर्नुपर्ने नागरिकतालगायतका विषयको टुंगो लगाउनुपर्ने जनाउँदै उहाँले कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयंसेवकका रुपमा नेतृत्वलाई साथ दिन आग्रह गर्नुभयो । त्यसको साथै प्रधानमन्त्री दाहालले शंखरापुरको विकास आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्वर्गीय कृष्ण सेन ‘ईच्छुक’को योगदानको स्मरण गर्दै उहाँले सेन बहुआयमिक व्यक्तित्वको धनी र निष्ठावान् व्यक्ति भएको र क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणा स्रोत भएको जनाउनुभयो । उक्त साधारण सभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाईते, बेपत्ता, द्वन्द्व पीडित र विपन्न वर्गका क्षेत्रमा कलम चलाउने पत्रकार तथा उत्कृष्ट शाखाहरुलाई सम्मान तथा पुरस्कृत गराईएको थियो ।

 

प्रतिकृया दिनुहोस्