OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०७९सुर्खेत
५०९ पटक

८ माघ २०७९ आइतबार

वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका ५ दैलेख निवासी ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका ३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ८० मिटर तल खसेको थियो । उक्त घटनामा परी भैरवी गाउँपालिका ५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाईते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्