OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३, २०७९सुर्खेत
५३० पटक

३ माघ २०७९, मंगलबार

कर्णाली प्रदेशसभा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउसो १ः०० बजे हुने भएको छ ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन भोलि हुने जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम उपसभामुखको निर्वाचितको मिति र समय तोक्न प्रदेशसभा सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिनुभयो ।

त्यसैगरी, सभामुख गुरुङले कर्णाली प्रदेश प्रमुखको कार्यालयले पुस २८ गतेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पठाएको पत्र वाचन गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साथै सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानून, उद्योग, पर्यटन, वन तथा वातावरण, आर्थिक मामिला तथा योजना र जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी कार्यविभाजन गरिएको बताउनुभयो ।

उहाँका अनुसार मंगलबहादुर शाही र विनोदकुमार शाहलाई विना विभागीय मन्त्री बनाइएको छ ।

प्रतिकृया दिनुहोस्