OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १६, २०७९
३३२ पटक

१६ पुस २०७९, शनिबार

नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य विकास पौडेलले ज्योतिष विद्याको प्रचारप्रसारका लागि प्रविधिको उच्चत्तम प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

परिषद् जिल्ला कार्य समिति सुर्खेतको आज सम्पन्न दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले ज्योतिष विद्याको प्रयोगलाई प्रविधिसँग जोड्दा मात्र यसको क्षेत्र विकास फराकिलो हुने बताउनुभयो । केन्द्रीय सदस्य पौडेले परिषद् ज्योतिषहरुको संस्था भएकोले पनि वैदिक शास्त्र अनुसार कार्य गर्नमा सबैको ध्यान जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा.गौरीशंकर शर्माले यसको प्रचार प्रसार र प्रयोगको कार्यलाई विस्तार गर्न कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत शाखाको विशेष योगदान हुनुपर्नेमा जोड दिनुभयो । मानव जीवनलाई सुसंस्कृत, सभ्य, अनुशासित र नैतिकवान् बनाउन वैदिक ज्ञान आवश्यक भएको उहाँको भनाई थियो ।

परिषद् सुर्खेतको सम्पन्न दोस्रो अधिवेशनले ज्योतिष पण्डित यामप्रसाद अधिकारीको अध्यक्षतामा अधिवेशनले १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास पौडेल, उपाध्यक्षमा शोभाखर अधिकारी, सचिवमा खगेन्द्र अधिकारी सहसचिवमा आनन्द खनाल र कोषाध्यक्षमा हरिशंकर उपाध्याय चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा थानेश्वर रिजाल, टिकाराम लामिछाने, मणिराम अधिकारी, राधिका उपाध्याय, नारायण पोखरेल र रत्नप्रसाद उपाध्याय चयन भएका अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार बाँकी सदस्यहरु पछि मनोनित गरिने छ । नवनिर्वाचित कार्यसमितिले यही पौष २४ गते नेपाल ज्योतिष परिषद्को रजत जयन्तीलाई विभिन्न कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ ।

अधिवेशनको बन्द सत्रमा निवर्तमान अध्यक्ष धनऋषि उपाध्यायले प्रगति प्रतिवेदन र वर्तमान कोषाध्यक्ष हरिशंकर उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त अधिवेशनको सहजीकरण निवर्तमान सचिव आदित्यराज उपाध्यायले गर्नुभएको थियो ।

अधिवेशनमा नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका बरिष्ठ उपाध्यक्ष ढाकाराम अधिकारी, कोषाध्यक्ष रामशंकर उपाध्यायलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्