OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १३, २०७९सुर्खेत
३५६ पटक

१३ पुस २०७९, बुधबार

नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ ।

नेकपा एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत क्षेत्र नं. २(१)बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २(२)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दावी थियो ।

आफूले दावी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिनुभयो । नेता कँडेल विसं.२०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । हाल उहाँ नेकपा एमालेको स्थायी कमिटि सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्