OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २६, २०७९जुम्ला ।
२७७ पटक

,
असोज २६ गते । जुम्लाको प्रतिनिधिसभाको सांसदका लागि गठवन्धनका ५ जनाको उम्मेदवारी परेको छ । गठवन्धनका साझा उम्मेदवार गोमा गौतम (कुँवर), नेकपा एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्रपार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसानपार्टीकाट डिल्ली प्रसाद काफ्लेको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । काफ्ले नेमकिपाबाट संविधानसभा सदस्य समेत हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमका अनुसार संघीय सांसदमा डाक्टर कलबहादुर रोकायाको स्वतन्त्र उम्मेदवारी परेको छ । रोकाया नेकपा माओवादीका केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन् ।

प्रदेशसभामा १३ जनाको उम्मेदवारी : 

मुख्य निर्वाचन कार्यालयका अनुसार जुम्ला प्रदेश (क) बाट ६ जना र प्रदेश (ख) बाट ७ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सभा (क ) गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका कणाली प्रदेश सभापति ललितजंग शाहीले उम्मेदवारी दिनुभएको छ । यसैगरी नेकपा एमालेबाट धिरेन्द्रराज गिरी, राप्रपाका अंगतप्रसाद देवकोटा, नेमकिपाका राजेश्वर देवकोटा, राप्रपा नेपालका अग्नि प्रसाद धितालको उम्मेदवारी दर्ता भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवारी देवेन्द्रबहादुर शाहीको परेको छ । शाही नेपाली कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ । उहाँ २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार उठ्नुभएको थियो ।

जुम्ला प्रदेश सभा (ख) मा सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार गठवन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कर्णालीका भौतिक पुर्वाधार मन्त्री पदमबहादुर रोकायाको उम्मेदवारी परेको छ । प्रदेश (ख) मा नेकपा एमालेका टेकराज पछाई, राप्रपाका देवप्रसाद न्यौपाने, नेमकिपाका विर्खबहादुर रावतको उम्मेदवारी परेको छ । यसैगरी प्रदेश (ख) मा ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका पुर्वसभापति दिपबहादुर शाही, नेता धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारी परेको हो । यसैगरी नन्दराम रोकायाको पनि स्वतन्त्र उम्मेदवारी परेको छ । रोकाया नेकपा समाजवादीका जिल्ला नेता हुन् । मौसम खरावीका कारण धेरै जसो उम्मेदवारले वारिसे दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्