OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०७९सुर्खेत
७३९ पटक

४ भदौं २०७९, शनिबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद एक्काइसौं शताब्दीको मानवता विरोधी कार्य भएको बताउनुभएको छ ।

समता फाउण्डेसन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली दलित युवा सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले गणतन्त्र स्थापना भएदेखि पनि दलित तथा सिमान्तकृत समुदायमाथि थुप्रै विभेदकारी घटनाहरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा जात व्यवस्था अन्त्य तथा दलित युवाहरुको सञ्जाल मजबुत बनाउन र सशक्तिकरणका निम्ति भावी रणनिती तयार हुन गएकोले समता फाउण्डेसन र युथ नेटवर्कलाई धन्यवाद दिन चाहान्छु । दुवै संस्थाको संयुक्त प्रयासमा न्यायपूर्ण, समतामुखी र समावेशी लोकतान्त्रिक पद्दतितर्फ समाजलाई सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्न क्रियाशिलता बढ्ने विश्वास गर्दछु ।”

जात व्यवस्था अन्त्यको लागि नेपालको संविधानको धारा २४ र ४० मा व्यवस्था भए बमोजिम व्यवहारमा लागु गराउन दलित तथा गैरदलित युवाहरुले निरन्तर अभियान चलाउन जरुरी रहेको उहाँले बताउनुभयो । विभेद अन्त्यका निम्ति राज्यले अभिभावकत्वको भूमिका र अन्य संघ÷संस्थासहित नागरिक समाज तथा दलित युवाहरुले रुपान्तरणको अभियानमा सहयोग पुर्याउनुपर्नेमा उहाँको जोड थियो ।

सम्मेलनमा उहाँले कर्णाली प्रदेशका २३ प्रतिशत दलित समुदायको अधिकारको सुनिश्चितता गर्न प्रदेश प्रमुखको

हैसियतले प्रदेश सरकारको समेत ध्यानाकर्षण गराउने प्रतिवद्धता गर्नुभयो । आयोजक समता फाउण्डेसनका कर्णाली प्रदेश अधिकृत एवं अधिवक्ता मंगलसेन सार्कीले जात व्यवस्था र यसबाट सृजित समस्याविरुद्ध दलित युवाहरुलाई वकालतीका लागि सक्षम बनाउन, राज्य व्यवस्थासँग कसरी जवाफदेही हुने भन्ने कुरामा सशक्तिकरण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

अधिकृत सार्कीका अनुसार दलित युवाहरुको सञ्जाल निर्माण गर्नुका साथै भोलि भदौ ५ गते दलित अधिकारका सवाल समाहित घोषणा पत्र जारी गरिने छ । सम्मेलनमा कर्णालीका दश जिल्लाका १५० दलित युवाहरुको सहभागिता रहेको छ । उहाँका अनुसार सम्मेलन भोलि सम्पन्न हुनेछ ।

प्रतिकृया दिनुहोस्