OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ११, २०७९
७८९ पटक

११ बैशाख २०७९, आइतबार

कर्णालीमा सत्ता साझेदार दलहरुबीच आठ जिल्लामा भागबण्डा मिलेको छ ।

यही बैशाख ३० गते हुने हुने स्थानीय तहको निर्वाचनका लागि आज मनोनय दर्ता गर्ने दिनसम्म यहाँको गठबन्धन दलहरुले आठ जिल्लाको भागबण्डा मिलाएको नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।

रुकुमपश्चिम र सुर्खेत जिल्लाको पालिका भागबण्डा मिलाउन भने प्रयास भइरहेको अध्यक्ष केसीले बताउनुभयो । यसको विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

गठबन्धन दलले यहाँका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट दैलेख र सल्यानमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्