OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०७८काठमाडौं
६८८ पटक

१४ भाद्र २०७८, सोमबार

एजेन्सीः चीनले अमेरिकासमेत संसारका सबै देशले तालिबानलाई मद्दत गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

चिनियाँ विदेशमन्त्री वांग यीले अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनसँग अफगानिस्तानको परिवर्तित स्थितिलाई मध्यनजर गर्दै संसारका सबै देशले तालिबानसँग सम्पर्क स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

चीनको सरकारी समाचार एजेन्सी शिन्हुआका अनुसार उक्त कुराकानीमा वांग यीले वार्ताका साथै तालिबानलाई सक्रिय रुपमा मार्गदर्शन गराउन पनि आवश्यक भएको बताएका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार वांग यीले तालिबानको नेतृत्व भएको अफगान सरकारको मद्दत गर्नुपर्ने विषय पनि उठान गरे ।

उनले भने, ‘अमेरिकाले अन्तरराष्ट्रिय समुदायसँग मिलेर काम गर्न आवश्यक छ ताकि आफगानिस्तानलाई अत्यावश्यक आर्थिक, मानवीय र जीवनयापनसँग जोडिएका सहयोग दिन सकियोस् ।’

वांग यीले थपे, ‘यो जरुरी छ ताकि नयाँ राजनीतिक ढाँचाको सरकारी संस्थानलाई सामान्य सञ्चालन गर्न सकियोस्, सामाजिक सुरक्षा र स्थिरता स्थापित गर्न सकियोस्, मुद्राको मूल्य ह्रास र मुद्रास्फीतिमाथि अंकुश लगाउन र छिटोभन्दा छिटो शान्तिपूर्ण पुनर्निर्माणको यात्रा सुरु गर्न मद्दत गर्न सकियोस् ।’

प्रतिकृया दिनुहोस्