OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०७६ सुर्खेत
२९६ पटक

सुर्खेत, २७ पुस ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संघीयता जनताको लागि वरदान भएको बताउनुभएको छ ।
तातोपानी गाउँपालिका ८ कालिका मावि टोप्ला जुम्लाद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘बाली विज्ञानमा अध्ययनरत विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रम’मा बोल्दै मन्त्री भण्डारीले संघीयताले उत्पीडित वर्ग, क्षेत्र र जातिलाई न्याय गरेको बताउनुभयो । “संघीयता वरदान नै हो,” उहाँले भन्नुभयो, “यो रोग, भोक र शोक समाधानको विकल्प बन्दै गएको छ ।”
संघीयताले नागरिकलाई सबै अधिकार दिलाएको भन्दै मन्त्री भण्डारीले अगाडि भन्नुभयो, “तातोपानी गाउँपालिका ८ टोप्ला जुम्लाकै अत्यन्तै दुर्गम बस्ती हो जुन जाजरकोट र जुम्लाको सिमानामा पर्छ । कल्पना नगरेको ताम्तीको टोप्लामा बाली विज्ञान विषयको अध्ययन हुनु पनि संघीयताले दिएको कोसेली हो ।”
सिटामोलको ट्याब्लेटसमेत नपाउने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्वास्थ्य विश्वविद्यालय स्थापना भएर डाक्टर उत्पादन गर्ने थलोमा रुपान्तरण हुनु र टोप्लामा प्राविधिक धारका स्कुल सञ्चालन नयाँ व्यवस्थाको उपहार भएको मन्त्री भण्डारीको दावी गर्नुभयो । विकट भूगोलमा संघर्ष गरेर प्राविधिक जनशक्ति उत्पादन गर्न साहस गर्ने विद्यालय परिवारको उच्च प्रशंसा गर्दै उहाँले उक्त विद्यालयलाई सहयोग गर्न उर्जा मिलेको बताउनुभयो ।
कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले टोप्लालाई प्राथमिकतामा राखेर भोलिका लागि जाजरकोट र जुम्लाको मिलनविन्दु बनाईने बताउनुभयो । निर्माण व्यवसायीले ६०–७० प्रतिशत घटेर लिने र प्राविधिसँग मिलेर खाने संस्कारका कारण सडक निर्माणमा ढिलाई भएको आरोप लगाउँदै उहाँले त्यस क्षेत्रको सडक निर्माणका लागि प्रदेश सरकारले चालु आवमा रु.पाँच करोड विनियोजन गरेको जनाउनुभयो ।
सिटिईभिटी कर्णाली प्रदेशका निर्देशक हेमन्त पराजुलीले यहाँको प्राविधिक क्षेत्रको विकासका लागि प्रदेश कार्यालय स्थापना भएको बताउनुभयो । दुर्गमको प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीको उज्ज्वल भविश्य निर्माणका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने उहाँको भनाई थियो ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जागीरको साथै कृषि व्यवसाय सञ्चालन गर्न सक्नेगरी अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाउनुभयो । सरकारले सिटिईभिटीमा अध्ययन विद्यार्थी लक्षित कार्यक्रम ल्याउन सके कृषि व्यवसाय प्रवद्र्धन हुने अधिकृत कठायतको तर्क थियो ।
कालिका मावि टोप्ला जुम्लाका अध्यक्ष सुरतबहादुर शाहीले विसं.२०७५ को तिहारमा देउसी खेलेर रु.३० संकलन गरेको रकमबाट कृषि बाली विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरेको बताउनुभयो । “विद्यालयमा जनशक्ति र संरचना दुवैको अभाव छ,” अध्यक्ष शाहीले भन्नुभयो, “सरकारले हाम्रो पीडा बुझ्छ भन्ने आशामा छौं ।”
उक्त विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले चार ५० विद्यार्थी भएको कालिका माविमा प्रावि र निमाविका तीन÷तीनगरी जम्मा छ जना शिक्षक भएको र बाँकी १० जना शिक्षक नीजि पाल्नुपर्ने बाध्यता रहेको जनाउनुभयो । विद्यार्थीको आवास आवश्यकता भएको जनाउँदै प्रधानाध्यापक शाहीले ११ र १२ कक्षामा भने ५५ जना विद्यार्थी रहेको ६० छात्रा रहेको बताउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा छात्रा रिना शाहीले ल्याब, ईन्टरनेट र प्रयोगात्मक सामग्रीको अभाव भएकोले सरकारले आफ्नो भविश्यका लागि चाँडै सोचिदिन आग्रह गर्नुभयो । छात्र हेमन्त शाहीले भने सरकारले शहर भन्दा दुर्गमका शैक्षिक संस्था र त्यसमा पनि प्राविधिक शिक्षालयहरु निर्माणमा जोड दिन सरकारलाई अनुरोध गर्नुभयो ।
हिउँदे सिजनको दश दिने अवधिमा कालिका मावि टोप्लाका वि.व्य.स.पदाधिकारी, वडाध्यक्ष, शिक्षक र विद्यार्थीसहितले दार्जीलिङ्, ईलाम, पोखरा, चितवन भरतपुरदेखि सुर्खेतको बड्डीचौर कृषि विद्यालयको अध्ययन अवलोकन गरेको प्रधानाध्यापक शाहीले जानाकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्