OnlinePana

आज : २०८० मंसिर १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, साउन २२, २०७८जुम्ला,
६८३ पटक

खलंगा साउन २२ गते ।

नेपाली सेनाले पछिल्लो समयमा सामाजिक क्षेत्रका कामहरुमा जोड दिन थालेको छ ।
नेपाली सेनाले कर्णाली क्षेत्रमा ५४ स्थानमा यस बर्ष काम गरेको नेपाली सेनाको २४ नम्बर बाहिनीपति याम सापकोटाले जानकारी दिनुभयो । जुम्लाको कर्णाली माध्यामिक विद्यालय अनामनगरमा रु २५ लाखको लगानीमा बास्केटवल कोण र भवन निर्माण देखी जनचेतनाका कामहरु, कोभिड १९ रोकथाममा संक्रमित मृतकको काम देखी विभिन्न कामह गरिएको उहाँले संक्षिप्तमा जानकारी दिनुभयो ।

नवनियूक्त गणपति रविन थापाको स्वागत कार्यक्रम तथा पत्रकार भेटघाटमा साविक कर्णालीमा सेनाले भौतिक निर्माण एक ठाउँ सँगै, सडक सूचारु चार स्थान, बाटो घाटो निर्माण दुई स्थानमा, सचेतना कार्यक्रम तीन वटा, काठेपुल निर्माण एक , राहात वितरण तथा आगलागी नियन्त्रण ९ स्थानमा, कोभिड १९ का विभिन्न १६ वटा काम, सहित सयौको संख्यामा अस्पतालमा बिरामीलाई रगत दिएर सामाजिक काम भईरहेको बताउनुभयो ।

उहाँले अझैपनि सामाजिक क्षेत्रमा काम निरन्तर गर्न तयार भएकोमा जोड दिनुभयो । २४ नम्बर बाहिनी अहिले कृषिले पनि सिगारिन थालेको छ । उपलब्ध जग्गा भित्र सयौ स्याउका विरुवा रोप्ने देखी विभिन्न कृषि कार्यमा सेना लागि रहेको २४ नम्बर बाहिनीले जानकारी दिएको छ ।

नन्दा बक्स गणका गणपति रविन थापाले पत्रकारहरु सँगको सूचना सहकार्यमा थप जोड दिने बताउनुभयो । उहाँले सूचना जति प्रवाह गर्यो त्यतिकै समाचार सत्य आउने भएकाले अति गोपनियता विषयका सूचना वाहेक अन्य सूचना सजिलै दिन सकिने जानकारी दिनुभयो । संचार माध्यम र पत्रकारहरु सँगको सहकार्य जनताका लागि झन राम्रो हुने भएकाले नागरिक सैनिक सम्वन्ध बढाउन सजिलो हुनेमा जोड दिनुभयो । उहाँले समाज परिवर्तन र जोखिमबाट जोगिन पनि संचार माध्यामले ठूलो काम गर्दै बताउदै भियतनामको लगाई रोक्न संचार माध्यामले ठूलो सहयोग गरेको बताउनुभयो ।

पत्रकारहरुले नेपाली सेनाले गर्न थालेका सामाजिक कामका बिषयमा प्रशंसा गरेका छन् । कुनै समय सेनाको पोषाक देख्दा डर लाग्थ्यो तर आज नजिक लागि रहेको छ । डर हराउदै गयो । आशा पनि लाग्छ । समन्वय पनि बढ्यो । पत्रकार गोल्डेन बुढाले नेपाली सेनाका बाहिनी पति र गणपति समक्ष आफ्नो धारणा राख्नुभयो ।

बिपतमा नेपाली सेना सारथीको रुपमा हुन थाल्यो । सेना सामाजिक काममा अगाडि बढ्नथालेपछि नमूना सन्देश प्रवाह हुन थालेको छ । नागरिक सैनिक सम्वन्ध बढ्न थाल्यो पत्रकार धनबहादुर बुढाले बताउनुभयो ।
अधिकांश पत्रकारहरुले जुम्लामा सेनाले पछिल्लो समयमा गर्ने सूचना प्रवाह र समन्वयका लागि थप बढ्वा दिनुपर्ने सूझाव दिएका छन् । कुनै वेला देशको परिस्थिति फरक थियो । सेनालाई सो अनुसारको कार्यादेश थियो । वाध्यात्मक परिस्थिति एकातिर थियो होला । तर अहिले नागरिक मैत्री सैनिक सम्वन्ध र सहकार्यमा अगाडि बढेको पत्रकारहरुको जोड थियो ।

नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा दैनिक जसो रगतको सहयोग गर्दै आएको छ । अस्पतालमा छटपटाई रहेका सयौ विरामीलाई अस्पतालले पत्र पठाएमा रक्तदान गरिएको भन्दै गर्ने सामाजिक काम गर्न पाएको वाहिनीपति सापकोटाले खुशी व्यक्त गर्नुभयो । सेनाले विद्यालयमा अन्तरक्रियाहरु समेत नमूनाको रुपमा थालेको छ ।

प्रतिकृया दिनुहोस्