OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी साउन १५, २०७८जुम्ला ।
४२० पटक

२०७८ साउन १५ गते ।

चन्दननाथ नगरपालिकामा निति, कार्यक्रम, सेवा प्रवाह लगायत विभिन्न बिषयबाट स्थानीबाट गुनासो आएपछि उपमेयर अप्सरादेवी न्यौपानले पत्रकार भेटघाट गरेर आफु र आफ्नो पक्षका जनप्रतिनिधीहरुको सहभागितामा धारणा सार्वजनिक गर्नुभएको छ ।

उपमेयर न्यौपानले एक प्रेस बिज्ञेप्ति जारी गर्दै मेयरज्यूले व्यक्तिगत स्वार्थका कारण नगरपालिकालाई अनिर्णयको वन्दी वनाएको उल्लेख छ । यसका साथै गत ३ बर्ष देखी उठाएको सार्वजनिक सुनुवाईको कुरा कहिल्यै पुरा नभएको बताईएको छ । विज्ञेप्तिमा ५३ जना सदस्यले पास गरेका योजना कुल्चेर नक्कली आयोजना ईन्ट्री गराउने काम नरोकिएको बताईएको छ ।

विशेषसभाको माग :
यसैगरी उपमेयर न्यौपान सहित वडानम्बर २,३,६,७,८ र ९ नम्बरका वडाध्यक्ष सहितको हस्ताक्षरमा जारी विज्ञेप्तिमा विशेषनगरसभाको माग समेत गरिएको छ । विज्ञेप्तिमा २०७८ साल साउन ११ गते नगरकार्यपालिकाका बहुमत सदस्यहरुको बैठक बसी विशेष नगरसभा माग गरिएको जानकारी गरिएको छ ।

खास नगरसभा नभएकै हो त भन्ने पत्रकारहरुको जिज्ञासामा बजेट र निति ल्याउने विभिन्न प्रक्रिया छन् । प्रक्रियामै नगई काम कसरी हुन्छ ? उहाले प्रतिक्रिया दिनुभयो ।
उपमेयर न्यौपानेले चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवालले ऐन कानुन मिचेर योजना अनुगमन गर्ने देखि भुक्तानी गर्न लगाउने, नगरसभाले पास गरेको भन्दा बढी लाखौका योजना ईन्ट्री गर्न लगाई भुक्तानी लिने, उपमेयरलाई काम विहिन बनाउने, बजेट आफै ल्याउन खोज्ने ,सार्वजानिक सुनुवाई गर्न आलटाल गर्ने लगायतका अबैधानिक काम गरेको बताउदै आपत्ति जनाउनु भएको छ ।

आव २०७५÷७६ देखि ०७७÷७८ सम्मको सार्वजानिक सुनुवाई हुनु पर्नेमा किन आलटाल गरिएको होला भन्नेमा आम नगरवासीले सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
चन्दननाथ ९ का वडाध्यक्ष मिन बहादुर डाँगीले बहुमत कार्यसमितिले बजेट पास गरेको माईन्युट देखाउनुहोस भन्दा समेत लुकाएको बताउनुभयो । उहाँले,“हाम्रा माग सम्बोधन भएन, सार्वजानिक सुनुवाई गर्न नसक्नुमा अनियमितता भएको स्पष्ट छ । बहुमत सदस्य मेयरको विपक्षमा छौ ।
उपमेयरले गरेको पत्रकार भेटघाटमा सार्वजनिक गरिएको विज्ञेप्तिका प्रश्नहरुका बिषयमा मेयर सेजुवाललाइ फोन हान्दा व्यवस्त बनाउनु भएको छ ।

प्रतिकृया दिनुहोस्