१ साउन २०७८,
लुतो पाउडो लैजाउ………….। राँका वाल्दै, थाल, शंख बजाउदै मनाईने यो साउने संक्रान्ति आज पनि विशेष तरिकाले मनाईएको छ ।
झिसमिसेमा आगाको राँको वालेर उज्यालो गर्ने हाम्रो मौलिक संस्कृति संसारको दुर्लभ मानिन्छ । खस सभ्यताको परम्परागत यो सस्कृति निरन्तरता त भईरहेको छ । तर आधुनिक संरचनाले केही असर गरेको पाईन्छ । विशेष गरी विभिन्न प्रकारका परिकार खाने देखी राँका बालेर रमाउने गरिन्छ ।
वेलुकी झिसमिसेमा राँका वालेर मनाईने चलन फरक पनि छ । संस्कृति हस्तान्तरण भए पनि पछिल्लो समय आधुनिक प्रविधिका घरले भने राँका बाल्ने प्रचलन कम हुदै गएको छ । विशेषगरी टिनका घरले मौलिक घरको सुन्दरता एकातिर हटाउदै गएको पनि छ । आज साउने साउने संक्रान्ति विशेष गरेर छिमेकी गाउँलाई गालि गरेर राँका बाल्दै मनाईने गरिन्छ तर जुम्ला सदरमुकाममा धेरैजसो टिनका घरले ढाकेपछि आधा शहरमा मात्र राँकाको उज्यालो देखिएको छ । मानिसहरुले घरको प्रकृति अनुसारको राँका बाल्ने चलनत छ तर एकरुप आकारका घर नभएकाले त्यति राम्रा देखिदैन । यति सम्मकि गाउँघरमा पनि टिन प्रयोग हुन थालेपछि मौलिकता हराउन थालेको हो ।
हुन त जुम्ला सदरमुकाममा टाउन प्लानिङ नहुदा शहर कुरुप हुदै गईरहेको छ । स्थानीय सरकार यस एजेण्डामा मौन छ । अन्य जनप्रतिनिधीहरुको पनि टाउन प्लानिङ प्रथामिकतामा परेको छैन् । जथाभावी घरहरु बन्ने र सरकारीबाटो कब्जा गर्ने हामी नागरिक पनि सचेत छैनौ । सदरमुकामको मुख्य शहर देखी विमानस्थल जानेबाटोमा भिआईपि आउदा जोखिम हुने डरपनि हामीले ध्यान दिएका छैनौ । बस्तिमा एम्बुलेन्स छिर्ने बाटो पनि राखेका छैनौ ।
साउने संक्रान्ति राँका बालेर मनाईने सस्कृति निकै अच्चमको र राम्रो भएको जुम्लामा कामको सिलसिलामा आउनु भएका शशस्त्र प्रहरी ३३ नम्बरगणका एसएसपि गगन श्रेष्ठले प्रतिक्रिया दिनुभयो । वाहिरबाट आउने पर्यटकहरु सवैको भनाई राँका बाल्ने सस्कृति बचाउनुपर्नेमा जोड रहेको छ ।
हुन पनि एकाएक हरेकको घरमा यसरी दियालो बलेर उज्यालो हुने खस सस्कृतिको ठूलो मौलिकता हो । यसलाई जोगाउन यूवा पुस्ताले पनि ध्यान दिनुपर्छ । यति मात्र होईन यो दिन सरकारी स्तरबाट पनि यो पर्व मनाउन निति आवश्यक छ । नगरका संरचना सानो ठूलो होस एउटै प्रकृतिका गर्न सकिएमा पर्यटकीय दृष्टिकोणले जुम्ला थप सुन्दर हुनेछ ।
खस सस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार आधुनिक घरले लोप हुने डर भएको छ । उहाँ भन्नु हुन्छ यूवा पुस्ताले राँका वाल्ने सस्कृति छोड्नु हुदैन । उहाँका अनुसार राँका वाल्ने प्रचलन दुई दृष्टिकोणले हेरिन्छ । एउटा राजा वलिराज राजकाज समाल्दा खुशीयालीमा राँका बाल्न शुरु गरिएको थियो । अर्को लंका जलाएको सम्झना पनि भनिन्छ ।