OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १८, २०७८काठमाडौं
१२०६ पटक

१८ जेठ २०७८, मंगलबार

कानुन व्यवसायीहरुसँगको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा संवैधानिक इजलास गठनको मापदण्ड फेर्न तयार भएका छन् । अब नियमावली संशोधन भएमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुनेछ । त्यसो भएमा प्रतिनिधीसभा विघटनको मुद्दामा को को न्यायाधीश रहनेछन् ?

१. चोलेन्द्रशम्सेर जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वतस् संवैधानिक इजलासमा रहनेछन् । किनभने संविधानमा नै प्रधानन्यायाधीशको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन हुने व्यवस्था छ । त्यसैले अहिलेको मापदण्ड फेरबदल हुँदैमा उनको उपस्थितिमा कुनै फरक पर्ने छैन ।

२. दीपककुमार कार्की

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश पछिका वरिष्ठतम न्यायाधीश हुन् । सोमबारको सहमति अनुसार नियमावली संशोधन भएमा उनी संवैधानिक इजलासमा रहनेछन् ।

३. मीरा खड्का

दोस्रो वरिष्ठता क्रममा रहेकी न्यायाधीश मीरा खड्का दुवै पटकको प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा इजलासमा परेकी थिइनन् । मापदण्डमा परेमा उनी पनि इजलासमा पर्ने देखिन्छ ।

४. हरिकृष्ण कार्की

न्यायाधीश हरिकृष्ण कार्की यसअघि नै प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि इजलासमा परेपनि कानुन व्यवसायीहरुले प्रश्न उठाएका पछि हटेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा महान्यायाधिवक्ता भएको र उनकै ल फर्म पार्टनर अग्नि खरेल महान्यायाधिवक्ता भएकाले प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए । यसपटक उनी इजलासमा परेनन् । नियमावली संशोधन भएपछि इजलासमा बस्ने वा नबस्ने भन्नेवारे उनले नै निर्णय गर्नेछन् ।

५. विश्वम्भरप्रसाद श्रेष्ठ

प्रधानन्यायाधीशको रोल क्रममा समेत रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ यसअघि पनि प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि इजलासमा थिए । तर यसपटक उनी इजलासमा थिएनन् । ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका कारण उनी हाल होम आइसोलेसनमा छन् ।

६. ईश्वरप्रसाद खतिवडा

संवैधानिक इजलासमा रहने ५ वरिष्ठतम न्यायाधीशमध्ये हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको पालो आउनेछ । उनी यसअघि र यसपटक पनि संवैधानिक इजलासमा परेका थिएनन् । कान्तिपुर अनलाईनबाट

 

प्रतिकृया दिनुहोस्