OnlinePana

आज : २०७८ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ६, २०७८काठमाडौं
३६ पटक

काठमाडौं जेठ ६, २०७८

प्रसङ्ग पद्मपुराणको हो । एकदिन बिहान बगैँचामा डुल्न गएका बेला जनक नन्दिनी सीताले एक सुन्दर सुगा जोडीको वार्तालाप सुनिन् । भाले चाहिँ भन्दै थियो–

‘प्रिये १ लाग्छ अब दुःखको दिन सकिँदैछ । एकपेट भर्नकै लागि यसरी वनवन चार्दै हिँड्नुपर्ने छैन ।’

भालेको कुरा सुनेर पोथीले घाँटी कक्र्याउँदै भनी–

‘प्राणनाथ १ कसरी भन्दै हुनुहुन्छ त्यस्तो हुन्छ भनेर हाम्रा लागि पनि सोचिदिने देश दनियाँमा कोही छन् र

‘छन् होइन भइसकेका छन् ।’ घोक्रो फुलाउँदै भालेले भन्यो–

‘अस्ति महर्षि वाल्मीकि शिष्यहरूसँग भन्दै थिए– भगवान्ले धर्मस्थापनका लागि रामावतार लिसकेका छन् । चाँडै नै उनको विवाह यसै देशका राजकुमारी सीतासित हुँदैछ ।’

‘त्यो त मैले पनि सुनेकी हुँ तर पोथीले अनकनाउँदै भनी–‘हाम्रो दुःखसित यसको के सम्बन्ध छ र राम आए पनि श्याम आए पनि हेर्ने आफू र आफ्नाकै लागि नै त हुन् । अहिलेसम्म अबोध, अनाथ र असहायलाई कसले हेरेका छन् र ।‘धैर्य गर प्रिये १ धैर्य, सँधै त्यस्तो हुँदैन ।’ आशा जगाउँदै भालेले भन्यो–

धर्मस्थापन भएपछि मानिसहरू सज्जन हुनेछन्, सत्कर्ममा ध्यान दिनेछन्, दयालु हुनेछन्, परोपकारी हुनेछन्, एकले अर्काको हित गर्न थाल्नेछन्, हित हुने कार्य हुनेछन् । अन्याय कसैमाथि पनि हुने छैन । पशुपक्षी, किटपतङ्ले समेत न्याय पाउने छन् । हावा, पानी माटो, रुख, बिरुवा र वनस्पतिको महत्व बुझ्दै जानेछन् । जब यिनको सुरक्षा हुन थाल्नेछ त्यसपछि केही गर्र्र्नैपर्दैन । स्वतः हाम्रो पनि गाँसबासको सुरक्षा भइहाल्छ नि ।’

‘त्यो त हो तर हुने पो कहिले हो । आज मरी भोलि औषधी हुने हो कि ।’ पोथीले निराशा देखाई ।‘हुन्छ प्रिये १ हुन्छ । चाँडै नै हुन्छ । ऋषिवाक्य हो खेर जाँदैन । विश्वास गर्नुपर्छ सबै ठीक हुन्छ । रात जति नै लामो भए पनि उज्यालो भएकै हुन्छ । उसलाई हटाउन दिन आउँछ, आएकै हुन्छ । संसार चक्र हो चक्र बुझ्यौ रु जसले कसलाई कतिबेला कता हुत्याउँछ पत्तै हुँदैन ।’ भालेले ढाढस देखायो ।

अनजान सुगा जोडीको संवाद सुनेर राजकुमारी सीता छक्क परिन् । मनमनै यिनीहरूले मलाई चिनेका छैनन् । तैपनि कुरा मेरै गरिरहेका छन् भने पक्कै केही हुनुपर्छ भन्दै बगैँचे भाइलाई ती सुगा जोडी समातेर ल्याउने आदेश दिइन् । मालीले पनि तत्कालै आदेश तामेली गरी उनको हजुरमा पेश ग¥यो ।

‘मानवी १ दया गर्नुहोस् ।’ सुगा जोडीले रुँदै सीतासित भने–विन्ती छ छाडिदिनुहोस् । हाम्रो संसार जङ्गल हो । त्यही नै प्यारो छ । वनको प्राणी वनमै रमाउँछ । यहाँको हावापानी हामी अनुकुल छैन । घरद्वार, दरवार मानिसका लागि हुन् । मानिस घर बनाउँछन्, दरवार बनाउँछन्, एउटा बनाउन भ्याएको हुन्न अर्को बनाउन थाल्छन्, नभए तला थपेर भए पनि चित्त बुझाउँछन् तर हामी त्यस्तो गर्दैनौँ । हाम्रा लागि बस्ने घर प्रकृतिले दिएको छन । त्यही नै प्रिय लाग्छ । यसमा कसैको सहयोग चाहिन्न । मात्र हामीेले बस्ने स्थान र खाने दाना नखोसिदिए पुग्छ । त्यसैले हामीलाई थुनेर दण्डित नगर्नुहोस् ।’

‘हे निर्दोष प्राणी १ न डराऊ । साना छौ, प्यारा छौ, त्योभन्दा बढी प्रिय कुरा गरिरहेका छौ ।’ टाउको मसार्दै सीताले भनिन्–‘सामान्य देखिन्छौ तर कुरा गहिरा गरिरहेका छौ । पक्कै तिमीहरू समान्य सुगा होइनौ, भन को हौ रु कहाँबाट आयौ । तिमीहरूले जुन सीताको कुरा गरेका थियौ त्यो मै हुँ । राम भनेका को हुन्, कस्ता छन्, कहाँ बस्छन्, कसका छोरा हुन्, उनको साथमा मेरो विवाह हुन्छ भन्ने कुरा कसरी थाहा पायौ सबै सुन्न चाहन्छु । यसैका लागि तिमीहरूलाई यहाँ ल्याएकी हुँ ।’

‘ए कुरा त्यसो पो ’ अकमकाउँदै सुगा जोडीले भने–‘त्यसो हो भने हाम्रो पनि एक शर्त छ । हामीलाई जान दिने वाचा गर्नुहुन्छ भने मात्र भन्न सक्छौँ । होइन भने माफ गर्नुहोला भन्न असमर्थ छौँ । किनकि हामीलाई मानिस जातिसितै विश्वास उडिसकेको छ । पहिले एउटा कुरा गर्छन् पछि सके भनेकै छैन भन्लान्, नभए पनि आशय अर्कै थियो भनेर तर्किन पुग्छन् । यस्तो समस्या धनीमानी र ठूलाबडामा झन् बढी पाएका छौँ । हामी यस्ता लप्पनछप्पन जान्दैनौँ । त्यसैले मानिससित डराउँछौँ, देख्ने बित्तिकै भाग्छौँ भाग्दै हिड्छौँ ।’

‘भयो बाबा १ भयो, बाचा नै भयो ।’ फकाउने प्रयास गर्दै सीताले भनिन्–‘होला, तिमीहरूका कुरा पनि ठीकै होला आफ्ना स्थानमा । धोका दिने मानिसले नै हो, मानिस जातिले नै हो । धोका खाएर नै यस्ता कुरा गरेका होला भन्ने ठान्छु तर सबै मानिस त्यस्तै हुन्छन् भन्ने छैन । राजर्षि जनककी छोरी हुँ । ढाँट छल देखे, जानेको छैन । धोका हुन्न ढुक्कसँग भन्न सक्छौ ।’

‘माफ गर्नुहोला । त्यस्तै हुन्छ भन्ने होइन, हुन्छ कि भन्नेसम्मको आशय हो ।’ रामको गुणगान गर्दै सुगा जोडीले भने–‘हामी गुरु वाल्मीकि आश्रमका निवासी हौँ । उतैबाट आइपुगेका हौँ । उहाँले रामकाबारेमा एउटा महाकाव्य लेख्नुभएको छ । त्यहाँ यसैबारेमा चर्चा भइरहन्छ । उहाँका अनुसार राम सूर्यवंशी राजाका सन्तान हुन् । अयोध्या नरेश दशरथको दरवारमा उनको जन्म भएको हो । भगवानकै अवतार हुन्, दुनियाँले भगवान् नै मानेका छन् । पृथिवीको भार उतार्न आएका हुन् । तपाईँसित विवाहका लागि चाँडै नै महर्षि विश्वामित्रका साथमा यता आउँदैछन् ।’

सुगा जोडीबाट भविष्य थाहा पाएपछि सीता निकै खुसी भइन् तर वाचा अनुसार उनीहरूलाई छाड्न भने चाहिनन् । उल्टै भन्न लागिन् निकै प्यारा छौ, आफ्नै साथमा राख्छु । निकै बिन्तीभाउ गरेपछि भालेलाई त जान दिइन् तर पोथीलाई भने आफ्नै साथमा राखिन् । भालेले पोथी गर्भिणी छिन्, म बिना बाँच्न सक्दिनन् भन्यो, रोयो, करायो । तैपनि सुन्यानसुन्यै गरिन् । यो कुरा भालेलाई सैह्य भएन र त्यहीँ प्राण त्यागिदियो । भालेको मृत्यु पोथीले पनि सहन सकिन र जसरी मैले गर्भिणी अवस्थामा पति वियोगको पीडा भोग्नुप७थभलसयो । तिमीलाई पनि त्यस्तै हुनेछ भन्ने श्राप दिँदै प्राण त्याग गरी । नभन्दै उनलाई पनि पछि गर्भिणी अवस्थामा रामबाट बिछोडिनु पर्यो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्