OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २१, २०७८जुम्ला,
६६३ पटक

जुम्लामा पत्रकारहरुलाई समाचार लेखेकै आधारमा दवाव बढेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जनाएको छ ।
महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देसमा पछिल्लो समयमा समाचार लेखेकै आधारमा पत्रकारलाई दवाव बढ्न थालेको हुदा पत्रकारहरु सुरक्षित हुन आवश्यक रहेको बताईएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा शुभकामना दिनुका साथै नेपालमा पछिल्लो समय पत्रकारहरुको अवस्थाको वारेमा जानकारी गरिएको छ ।

अध्यक्ष नेत्रबहादुर शाहीको हस्ताक्षरीत विज्ञेप्तिमा महासंघको विज्ञेप्तिमा सन १९९३ मा नामिवियाको विण्डहकमा वरिष्ठ पत्रकार र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा सम्पन्न सम्मेलनले महत्वपूर्ण घोषणपत्र जारी गरेको अवसरमा मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको जानकारी गरिएको छ ।

विज्ञेप्तिमा महासंघको केन्द्य्रीय यो बर्ष ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने नारा तय गरिएको थियो । महासंघ केन्द्रको तथ्यांक अनुसार पत्रकारहरुको पेशागत सुरक्षाका घटनाहरु यस बर्ष सबैभन्दा बढी देखिएका छन् । कोरोना महामारीको समयमा पीडित पत्रकारहरुको संख्या ५ सय १७ रहेको छ यसैगरी पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथीको प्रहारका घटनाहरू यो वर्ष ४५ वटा छन् । ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा सञ्चारसंस्था पीडित बनेका छन् । ५ सय ८४ पत्रकारमध्य ७७ पत्रकारहरू महिला रहेका छन् ।

जुम्ला जिल्लामा दोस्रो चरणको कोरोना संक्रमण भित्रिसकेको छ । यस अवसरमा सम्पूर्ण पत्रकारहरुलाई सुरक्षित हुन समेत आवह्रान समेत गरिएको छ । मिडिया हाउसहरुले आ आफ्नो स्वास्थ्य सुरक्षा अपनाई काम गराउने बाताबरण गर्न, स्वंय पत्रकारले स्वयं सुरक्षा अपनाउन समेत अनुरोध गरिन्छ । यसका साथै पत्रकारहरुलाई पेशागत सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्रीहरुको सहयोग गर्न सम्वन्धित सरोकारवाला निकायहरुलाई अपिल समेत गरिएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ जुम्लाले जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहयोगमा केही मास्क र सेनिटाईजर वितरण गरिएको छ । महासंघले स्थानीय मिडिया हाउसमा कार्यरत पत्रकारहरुलाई महासंघ अध्यक्ष शाही र पदाधिकारीहरुले २० वटा मास्क र एक ठूलो सेनिटाईजर वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्