OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३, २०७८ सुर्खेत
३०८ पटक

३ बैशाख २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पुरा गर्ने अभियानमा निरन्तर लागिपर्ने बताउनुभएको छ ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाईने बताउनुभयो । “हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौं,” उहाँले भन्नुभयो, “जनअपेक्षा अनुरुप निर्माण भएको सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ ।”

गत फागुन २३ गते सर्वोच्च अदालतको निर्णयले नेकपा खारेज गरेपछि बदलिएको राजनीतिक अवस्थाले एउटै बनेको पार्टी नेकपालाई पूर्ववत नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको तहमा पुर्याएको थियो । मुख्यमन्त्री शाहीले बदलिएको राजनीतिक समीकरणका कारण संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिएको र त्यो आजको प्रदेशसभाको बैठकबाट अपेक्षाकृत ढंगबाट प्राप्त भएको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रको १२, नेपाली काँग्रेसका छ र नेकपा एमालेका चार प्रदेशसभा सदस्य गरी २२ जनाले मुख्यमन्त्री शाहीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा मतदान गरेका थिए । प्रस्तावित विश्वासको मतको विपक्षमा भने १५ जनाले मतदान गरेका थिए । प्रदेशसभाबाट अनपेक्षित परिणाम आएपछि पार्टीलाई धोका दिने प्रदेशसभा सदस्यहरुलाई आवश्यक कारवाही गर्ने नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले निर्णय गरेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्